दाङ । दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार गर्ने ब्यबस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको हो । दाङमा पहिलोपटक यती ठुलो मात्रामा खोप भण्डारण गर्ने ब्यबस्था मिलाइएको छ ।
दाङको लागि खुशीको खबर भन्दै प्रजिअ कुरुम्बाङले भने-`जिल्ला स्वास्थ्य कार्यालय दाङ र भेटनरी अस्पतालमा दुई लाख पचास हजार डोज कोभिड -१९ को खोप भन्डार गर्न सक्ने ब्यवस्था गरिएको छ। विद्युत प्राधिकरणका प्रमुख अमित कर्ण , जिल्ला स्वास्थ्य प्रमुख अंगद शाही र घोराहीका इलेक्ट्रोनिक इन्जिनियर प्रदिप के सी प्रती हार्दिक आभार ।´
SPONSORED
SPONSORED