दाङ, असोज १४ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले यहि असोज १३ गते सम्पन्न संघको चुनाबलाई शान्तिपुर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
सर्ब सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गर्दा गर्दै पनि हुन नसकेको भन्दै चुनाब जितिसकेपछि अब प्यानल बिर्सीएर सबै निर्बाचित ब्यबसायीहरु एक भएर ब्याबसायिक एकतामा जोड दिनु पर्ने उनले बताए । चुनाब निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तीपुर्ण बाताबरणमा सम्पन्न गर्न प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने मतदाता उद्याेगि ब्यबसायी, कार्य समिती, पुर्ब अध्यक्ष, निर्बाचन समिती, प्रहरी, नागरिक समाज, पत्रकार लगायत शुभेच्छुक सबैलाई धन्यवाद दिदै आभार प्रकट गरेका छन ।
SPONSORED
लोकतन्त्रको सुन्दर पक्ष सर्बसम्मत नभए निर्बाचन पद्धती भएकाले यसलाई आत्मसात गरेर ब्याबसायिक चुनाबबाट निर्बाचित भएर आउनु हुने सम्पुर्ण ब्यबसायीलाई उनले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन । उनले आफ्नो कार्यकालमा ब्यबसायीको पक्षमा धेरै उत्कृष्ट काम गरेको भन्दै अब आउने नयाँ कार्य समितीले अघिल्ला कार्य समितिले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनेमा बिश्वास ब्यक्त गरे ।
SPONSORED
चुनाबमा हारजित प्राविधिक कुरा भन्दै उनले निर्बाचित भएर आईसकेपछि सबैको साझा बनेर काम गर्नुपर्ने भन्दै निर्बाचनको बेला कुन प्यानलबाट आयो भन्दा पनि अब निर्बाचनका बेलाका तित्तता सबै भुलेर ब्यबसायिको पक्षमा बुलन्द आवाज उठाउनु पर्ने बताए ।
SPONSORED
उनले बिधान बमोजिम नै चुनाब भएकाले सस्थागत हित र ब्याबसायिक एकतालाई ध्यानमा राखेर निर्बाचनमा पराजित हुनुहुनेले आउने दिनमा सस्थालाई राम्रो बाटाेमा डाेर्याउन खबरदारी गर्नुपर्ने र निर्बाचित भएकाले पदिय मर्यादालाइ कायम राखेर अझ थप संयमीत र जिम्मेवारपुर्बक काममा खट्नु पर्ने बताए ।
त्यस्तै दाङ जिल्ला उबासंघका अध्यक्ष बसन्त जोशिले आफुलाई अत्याधिक मतले बिजयी बनाउनु हुने सबैलाई धन्यवाद दिदै आउदा दिनमा सबैसंह सहकार्य गरेर अघि बढ्ने बताए ।