राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन !

दाङ, कार्तिक १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना ४० बर्षिय बिरामी पुरुषको हिपको गेडिको सफल शल्यकृया गरिएको छ ।

घरमा लडेर घाइते भएका पोखरा घर भई हाल घोराहीको गोग्लीमा बस्दै आएका उनि महिना दिनपछि मात्रै अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बिरामीको श्रीमती दृष्टिबिहिन हुन ।

SPONSORED

लडेर घाइते भएका उनि समयमा उपचार गर्न नआउदा एकातिर हड्डि जुट्दैन कि भन्ने समस्या थियो भने अर्कोतिर हिपको गेडिको नसा मर्दै जान्छ कि भन्ने चिन्ता थियो । प्रतिष्ठानका हाडजोर्नी रोग विशेषज्ञ डा. सागर पन्थि र अर्का हाडजोर्नी रोग विशेषज्ञ डा. रुपेश शेरचनसहितको चिकित्सक, स्वास्थ्यकर्मि, नर्शको टाेलिले अप्रेसन सफलतापुर्बक सम्पन्न गरेको हो ।

SPONSORED

अप्रेसनमा सलग्न चिकित्सक डा. पन्थिले बिरामीलाई कन्भिन्स गरि चिकित्सकले पुरै रिस्क लिएर सफलतापुर्बक अप्रेसन सम्पन्न गरेको बताए । अहिले बिरामीको गेडिको नसा मर्नबाट बचाईएको र अर्कोतिर हड्डि पनि जुट्दै गएपछि स्वास्थ्य अबस्था सुधार भएको छ । बिरामीको स्वास्थ्य अबस्था सामान्य रहेकाले उनलाई डिष्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

SPONSORED

डा. पन्थिले शरीरका कुनै भागमा चोटपटक लागे तत्काल अस्पताल आएर उपचार गर्न आग्रह गर्दै स्वास्थ्यमा लापरबाही नगर्न सबैलाई सुझाब दिए ।

hospital dang ghorahi