दाङ, चैत ४ । चालु आर्थिक बर्ष २०८०/ ०८१ मा घोराही उपमहानगरपालीकाले जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च भएको छ ।
जसअनुसार प्रदेश सरकारको राजस्व बाडफाडबाट पारीश्रमिक कर्मचारी तर्फ ५० लाख बिनियोजन गरिएकोमा ५० लाख नै बचत देखिएको छ । आन्तरिक स्रोतबाट पारीश्रमिक कर्मचारीतर्फ ५ करोड ५० लाख ५ करोड ४५ लाख खर्च भएको छ । यसैगरेर पारीश्रमिक कर्मचारीतर्फ संघिय सरकारको राजस्व बाडफाडबाट ५ करोड बजेट बिनियोजन गरिएकोमा १ करोड ५४ लाख ७१ हजार खर्च भएको छ । त्यस्तै जनप्रतिनिधी पारीश्रमिक पदाधिकारी तर्फ राजस्व बाडफाड स्थानियबाट १ करोड छुट्याईएकोमा १७ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । पारीश्रमिक पदाधिकारीतर्फ आन्तरिक स्रोतबाट १ करोड बजेट बिनियोजन गरिएकोमा ९८ लाख ४७ हजार खर्च भएको छ ।
SPONSORED
त्यस्तै पारीश्रमिक पदाधिकारीतर्फ संघिय सरकार राजस्व बाडफाडबाट ५० लाख बिनियोजन गरिएकोमा १७ लाख ७६ हजार खर्च भएको छ । पोशाकतर्फ आन्तरिक स्रोतबाट ३० लाख बिनियोजन गरिएकोमा ३० लाख बचत नै छ । खाद्यान्नतर्फ प्रदेश सरकार राजस्व बाडफाडबाट ३ लाख बिनियोजन गरिएकोमा सोहि रकम बचत छ । औषधि उपचार खर्च तर्फ प्रदेश सरकार राजस्व बाडफाडबाट ३ लाख बिनियोजित बजेट सोही रकम बचत देखीएको छ । त्यसैगरेर महङ्गि भत्ता बाफत आन्तरिक स्रोत तर्फ ४० लाख बिनियोजन भएकोमा २४ लाख ५१ हजार खर्च भएको छ । फिल्ड भत्ता तर्फ राजस्व बाडफाड स्थानियबाट ५ लाख बिनियोजन गरिएकोमा सोहि रकम बचत छ । कर्मचारीको बैठक भत्ता आन्तरिक स्रोततर्फ १० लाख बिनियोजन भएकोमा १ लाख २० हजार खर्च भएको छ । कर्मचारी प्रोत्साहन तथा पुरस्कार तर्फ प्रदेश सरकार राजस्व बाडफाडबाट १ लाख बिनियोजन गरिएकोमा सोही रकम बचत देखिएको छ ।
SPONSORED
विभिन्न समिती बैठक भत्तातर्फ आन्तरिक स्रोतबाट १५ लाख बिनियोजन गरिएकोमा सोही रकम मौज्दात छ । अन्य भत्ता तर्फ आन्तरिक स्रोतबाट १५ लाख बिनियोजन गरिएकोमा २ लाख ५९ हजार खर्च भएको छ । यसैगरेर पदाधिकारी बैठक भत्ता तर्फ आन्तरिक स्रोतबाट १ लाख बिनियोजन गरिएकोमा सोही रकम बचत देखिएको छ । पदाधिकारी अन्य सुबिधा तर्फ राजस्व प्रदेश सरकार बाडफाडमा २ लाख बिनियोजन गरिएकोमा सोही रकम मौज्दात छ । त्यस्तै पदाधिकारी अन्य भत्ता तर्फ राजस्व बाडफाड प्रदेश सरकारबाट २ लाख बिनियोजन भएकोमा सोही रकम बचत भएको छ । कर्मचारी योगदानमा आधारित निबृतभरण तथा उपदान कोष खर्च तर्फ राजस्व बाडफाड प्रदेश सरकारबाट ५ लाख बिनियोजन गरिएकोमा सोही रकम बचत छ ।
SPONSORED
कर्मचारी योगदानमा आधारित बिमा कोष खर्च तर्फ राजस्व बाडफाडमा ३ लाख बिनियोजन गरिएकोमा सोही रकम बचत छ । त्यसैगरेर कर्मचारी कल्याण कोष तर्फ आन्तरिक स्रोतबाट १ करोड ५० लाखमा १ करोड २० लाख खर्च भएको छ । पानी तथा बिजुलीतर्फ आन्तरिक स्रोतबाट २५ लाख बिनियोजनमा ७ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।संचार महसुलतर्फ आन्तरिक स्रोतबाट ३५ लाख बिनियोजित बजेटमा २ लाख ७२ हजार खर्च भएको छ । सार्बजनिक उपयोगिताको सेवा खर्चतर्फ आन्तरिक स्रोतबाट २५ लाख बिनियोजित बजेटमा १६ लाख ६८ हजार खर्च भएको छ भने इन्धन पदाधिकारी तर्फ आन्तरिक स्रोतबाट २५ लाख बिनियोजन गरिएकोमा सोही रकम बचत छ ।
त्यसैगरेर इन्धन कार्यालय प्रयोजन तर्फ संघिय सरकार राजस्व बाडफाडबाट ८० लाख बजेट बिनियोजन भएकोमा १ लाख १४ हजार खर्च भएको छ । सवारि साधन मर्मत खर्चतर्फ आन्तरिक स्रोतबाट ९० लाख बिनियोजन भएकोमा ३८ लाख २९ हजार रुपैयाँ खर्च भएको छ भने बिमा तथा नबिकरण खर्चमा आन्तरिक स्रोतबाट २० लाख बजेटमा १३ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ । मेसिनरी तथा औजार मर्मत सम्भार तथा सन्चालन खर्च तर्फ आन्तरिक स्रोतबाट ३० लाख बजेटमा १ लाख १२ हजार खर्च भएको छ। निर्मित सार्बजनिक सम्पत्तिको मर्मत सम्भार खर्च तर्फ आन्तरिक स्रोतबाट ८ लाख बजेटमा सोही रकम बचत छ । अन्य सम्पत्तिहरुको सन्चालन तथा सम्भार खर्च तर्फ राजस्व बाडफाड प्रदेश सरकारबाट १ लाख बजेटमा सो रकम नै बचत छ । मसलन्द तथा कार्यालय सामग्रितर्फ आन्तरिक स्रोतबाट ७० लाख बजेटमा १६ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । पुस्तक तथा सामग्रि खर्च तर्फ राजस्व बाडफाड प्रदेश सरकारबाट २ लाख ५० हजार बिनियोजनमा १२ हजार मात्रै खर्च भएको छ । त्यस्तै इन्धन अन्य प्रयोजनतर्फ राजस्व बाडफाड स्थानीय तर्फ ५ लाख बजेटमा ३ हजार खर्च भएको छ ।
पत्रपत्रिका, छपाई तथा सुचना प्रकाशन खर्च तर्फ आन्तरिक स्रोतबाट ६० लाख बजेटमा २६ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सेवा र परामर्श खर्च तर्फ राजस्व बाडफाड प्रदेश सरकारबाट १० लाख बिनियोजन भएकोमा सोही रकम बचत देखीन्छ । सुचना प्रणालि तथा सफ्टबेयर संचालन खर्च तर्फ राजस्व बाडफाड स्थानीयबाट १५ लाख बजेटमा १ लाख ३७ हजार खर्च भएको छ । यो खर्च २०८० चार महिना १ गतेदेखी २०८० दश महिना २९ गते सम्मको हो ।