प्राबिधिकरुपमा चुनाब हारेर पनि मतदाताको मन जितेका भरत

घोराही, असोज १६ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको गएको असोज १३ गतेको चुनाबमा उद्याेेग उपाध्यक्षका उम्मेद्वार भरतप्रसाद रेग्मीले नसोचेको चुनाबमा हार बेहोरे ।

कांग्रेस-माओबादी र जनमोर्चा समर्थित संयुक्त ब्याबसायिक प्यानलबाट रेग्मी बाहेक सबैले चुनाब जिते । प्यानलका सबैले जित्दा खुसी मानेको संयुक्त ब्याबसायिक प्यानलकै एक जनाले राम्रै ब्यबसायिले चुनाब हार्दा त्यो समूह भित्र ठुलो तरङ्ग उत्पन्न भएको छ । जबकि प्यानलमा सदस्य पनि अध्यक्षमा जितेका बसन्त जोशिकै प्यानल छ । सोच्दै नसोचेको हार बेहोरेपछि कांग्रेस दाङ भित्र पनि हलचल मच्चीएको छ । संयुक्त ब्याबसायिक प्यानलबाट नै घात भएर चुनाबम हार बेहोर्नु परेको रेग्मी निकट ब्यबसायिहरु गुनासो गर्छन । किनकि प्यानल सबै उत्रिदा उनि मात्रै छुट्नुले त्यहि अनुमान गर्नु स्वाभाबिक पनि हो ।

SPONSORED

रेग्मीलाई सहानुभुती दिन संयुक्त ब्याबसायिक टिमका सबैजसो सदस्यहरु दिनहु रेग्मी निबास छिरिरहेका छन । शालिन र भद्र स्वभाबका रेग्मीले कसैलाई चर्को स्वर लगाउदैन । उनले सामुहिकतामा बिश्वास गरे । सामुहिकतामा उनलाई हराउने रणनिती बनेको रेग्मी निकट ब्यबसायिहरु बताउछन । अन्तर्घातको सिकार रेग्मीलाई बनाएको चर्चा बजारमा ब्यापक छ । उनका निकटतम प्रतीद्वन्द्वि धुर्बकुमार गहतराजले पनि थोरै मतले चुनाब जित्न सफल भए । चुनाबी रणनितिमा पोख्त गहतराज एकैपटकमा आफुलाई अब्बल साबित गर्न सफल भए ।

SPONSORED

गहतराज पहिले माओबादी र अहिले एमाले बनेर दाङ उबासंघको चुनाबमा प्रतिष्पर्धा गरेर सफल भए । माओबादीले पनि गहतराजलाई सहयोग गरेको बजारमा चर्चाहरु सुरु भएका छन । चुनाबमा रेग्मीले १ हजार ७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धि गहतराजले १ हजार १ सय २६ मत प्राप्त गरे । रेग्मि ५६ मतान्तरले चुनाबमा उप बिजेता बने । रेग्मी कार्य समिती सदस्य हुँदै यसपाली उपाध्यक्षमा प्रतिष्पर्धा गरे । गहतराज सोझै कार्य समिती सद्स्य नै नभई सिधै उपाध्यक्षको चुनाब लडे र जिते । रेग्मीले कार्य समिती सदस्यबाट सिधै अहिलेको चुनाबमा कांग्रेस भित्र नै अध्यक्षको दाबी गरे । सदस्यबाट अध्यक्षमा एकैपटक दाबी गर्दा उनका सहकर्मि र कांग्रेस भित्र धेरैले उनलाई रुचाएनन् ।

SPONSORED

कांग्रेस भित्र उनको खुलेर भित्र भित्र बिरोध नगरे पनि सहकर्मिको अँाखामा उनि घेराबन्दिमा परिसकेका थिए । अहिले रेग्मीले चुनाब जितेको भए आगाम्क तिन बर्षपछि हुने चुनाबमा सोझै अध्यक्षको दाबी गर्थे । त्यो कुरा क्लिरे तस्बिर सार्बजनिक भइसकेपछि कांग्रेसभित्रबाट र माओबादीको सहयोगमा अन्तर्घात गरिएको रेग्मी समुहको निष्कर्ष छ । तर, यस बारेमा उद्याेेग उपाध्यक्षका उम्मेद्वार रेग्मीसंग कुरो बुझ्दा उनले मतदाताले रुचाउदा रुचाउदै अबस्थामा चुनाब हार्न पुग्दा आफुलाई दुख लागेको बताए । आफुलाई भोट दिने ब्यबसायीलाई धन्यवाद दिदै आउदा दिनमा ब्यबसायिकै बिचबाट आगामी नेतृत्व दाबी गर्ने बताए ।

प्यानलका सबैजसोले जित्दा आफुले हार्नुलाई अस्वाभाबिक लिएको बताउदै आफुमाथि भएको अन्यायको गठबन्धनको तर्फबाट कसरी कमजोरी भयो भन्ने बारे ध्यानाकर्षण गराउदै छानबिन गर्न माग गरे । ब्यबसायिले दिएको मतको सम्मान गर्दै ब्याबसायिक हक हितका लागि निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । चुनाब हार्दैमा आफुले हरेस नखाएको भन्दै आगामी नेतृत्व गर्ने गरि ब्यबसायीको बिचमा जाने कुरा आफ्नो प्राथमिकता रहेको उनले सुनाए । हारलाई सिकाईकोरुपमा लिदै आत्ममनोबल बलियो बनाई आउने चुनाबको तयारी गर्ने पनि उनले बताए । त्यस्तै चुनाबमा हार बेहोरेका मोबाईल ब्यबसायी भिमसेन डिसिले मतदाताको मन जिते । बिकास वलिले चुनाब जिते पनि ब्यबसायिको मन जित्न भिमसेन सफल भए ।  उनले ब्यबसायिको सुख दुखमा सधै रहने पनि बताए ।

दाङको सडक यातायातको प्रयोग गर्ने यात्रु तथा चालकहरुकालागी पहिलो यात्रामै प्रंशसा गर्ने सडक थियो लमही–तुलसीपुर सडकखण्ड । चार लेन र छ लेन बनाउनकालागी भत्काईनुभन्दा पहिलेको यस सडकको निकै प्रशंसा हुन्थ्यो । करिब २६ वर्ष अगाडी निर्माण भएको यस सडकको जो कोहीले पनि प्रशंसा गर्ने गर्दथे ।

कोरियन प्रोजेक्ट अन्तरगत हानियो कम्पानीले विस २०५४ देखी २०५६ सम्म यस सडकको निर्माण गरेको हो । जसको नेतृत्वकर्ता हुन् दंगाली उद्योगी भरतप्रसाद रेग्मी । कोरियन कम्पनी अन्तरगत हानियो कम्पनीको म्यानेजर भएर काम गरेका भरतप्रसाद रेग्मी दाङको व्यवसायिक क्षेत्रका सफल व्यक्ती हुन् ।रेग्मी यातायात क्षेत्रमा पनि स्थापीत व्यक्ती हुन् । अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालिको संस्थापक अध्यक्ष भएर यातायात क्षेत्रमा पनि अतुलनिय योगदान गरका रेग्मीले नेपाकै अत्याधुनिक बाथरुमकालागी फिटिङ धाराहरुकालागी २०६८ सालमा एप्रोसीपी फिटिङ ईण्डष्ट्रीज प्रालि स्थापना गरेर सेवा दिएका छन। स्थानीय रुपमै उद्योग स्थापना गरेर रेग्मीले दर्जनौ दंगालीहरुलाई रोजगार दिएका छन् ।नमूना बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष भएर जिम्मेवारी पुरा गर्नुभएका रेग्मीले क्रसर व्यवसायी समिति दाङको सल्लाहकार भएर कार्यानुभव गरिसकेका छन् ।२०७७ सालमा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनबाट उद्योग सदस्य बन्नुभएका रेग्मी लामो समय उद्योग व्यवसायको क्षेत्रमा बिताएकाले उद्योगी व्यवसायीहरुको समस्या र चुनौतिहरु नजिकभाट हेर्ने र भोग्ने अवसर पाए । कार्यसमिति सदस्य भएर संस्थागत विकासकालागी काम गरेको अनुभवसँगै उद्योग उपाध्यक्ष भएर संस्थागत विकास र उद्योगी व्यवसायीहरुको हकहितकालागी काम गर्ने उनको भनाई सपना नै रह्यो  । उनले पदमा नभए पनि बाहिर रहेर पनि सहयोग गर्ने बताए ।

hospital dang ghorahi