अदालत र जिल्ला प्रशासनले कुनै खालको आदेश \निर्देशन नआएकाले विधान वमोजिमकै चुनाव हा्े– अध्यक्ष बुढाथोकि

घोराही, असोज ११ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकिले संघको विधान वमोजिम नै चुनाव भएको स्पष्ट पारेका छन् । उनले जिल्ला प्रशासनदेखी उच्च अदालतमा उजुरी हालेपनि कतैवाट निर्वाचन रोक्न निर्देशन नआएकाले विधान वमोजिमको चुनाव असोज १३ गते हुन लागेको बताए ।

उच्च अदालतले पनि निर्वाचन सम्वन्धि लगातार तिन पटक भएको वहस, छलफलमा कुनै खालको अन्तरीम आदेश नदिएकाले विधान वमोजिम नै चुनाव हुन लागेको बताए । अदालतले प्रकृया वमोजिम नै चुनाव भएकाले अन्तरीम आदेश नदिएको र जिल्ला प्रशासन कार्यालय दाङका हालिएको उजुरीमा पनि छलफल गर्दा दुवै पक्ष विच संस्थागत हित र विधान वमोजिम अघि बढ्ने निष्कर्ष निकालिएको भन्दै कुनै खालको संघवाट कमि कमजोरी भएको भनेर नस्विकारीएको पन िअध्यक्ष बुढाथोकिले दावि गरे ।

SPONSORED

जिल्ला अध्यक्षले कमजोरी स्विकारेको भनेर केह पक्षले भ्रमपुर्ण प्रचार वाजि गरेकाले यसमा कुनै सत्यता नरहेको दावि उनले गरे । संघको निर्वाचन स्वतन्त्र र भयरहीत, निष्पक्ष हुने भन्दै चुनावमा सकृयरुपमा उपस्थित भई ब्यवसायिको पक्षमा भोट हाल्न आग्रह गरे । ब्यावसायिक संस्थाको चुनाव भएकाले ब्यवसायिको लागि एउटा पर्व जस्तै भएको बताउदै ब्यावसायिक हक हितका लागि उद्योग वाणिज्य संघले पहल गर्दै आइरहेको र आउने दिनमा निरन्तर लागि पर्ने उनले बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi