घोराही, जेठ १९ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेमाथि भएको जिल्ला प्रहरी कार्यालय दाङको गेट अघि प्रहरी निरीक्षकबाट भएको प्रहरी दुर्ब्यबहारको घटनाप्रती दुख ब्यक्त गरेका छन ।
कोरोनाको महामारीमा जनप्रतिनिधीको भुमिका महत्वपुर्ण रहेको भन्दै जनप्रतिनिधिप्रती उच्च सम्मान गर्नुपर्ने उनले बताए । जनप्रतिनिधी मात्र नभइ कसैलाइ पनि दुर्ब्यबहार हुनु राम्रो नभएको भन्दै यसतर्फ प्रहरीलाई सचेत गराउनुका साथै सम्झाउने प्रतिबद्ध ब्यक्त गरे।
SPONSORED
उनले जनप्रतिनिधिले कार्ड देखाएर आफ्नो परिचय दिदा पनि नचिन्नु राम्रो कुरा नभएको भन्दै आउदा दिनमा यस्ता कमजोरि नदोर्याउने गरि प्रहरीलाई सचेत गराउने बताए । साथै कमजोरि गर्नेलाई कारबाही गर्न आफुहरु तयार नै रहेकाले जनप्रतिनिधिलाई काममा फर्कन आग्रह गरे ।
SPONSORED
SPONSORED