घोराही
१७ कात्तिकर नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङ क्षेत्र नं। ३ को प्रदेशसभा २ का लागि उम्मेदवार टुंगो लगाएको छ ।
आईतबार साँझ बसेको नेकपा सचिबालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रकालागि बिमला ओलीलाई उम्मेदवार बनाउने भएको हो । त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनकालागि बिमलालाई उम्मेदवार बनाउने भएको हो । बिमल स्व। ओलीकी श्रीमती हुन् ।
SPONSORED
औपचारिक घोषणा भने केही समयपछि हुँदैछ । दाङबाट सोही क्षेत्रमा उम्मेदवार छनौटकालागि तीन जनाको नाम सिफारिश भएको थियो । जिल्ला पर्टीले ओलीसहित शोभाराम बस्नेत र चूर्णबहादुर ओलीको नाम केन्द्रमा पठाएको थियो ।
SPONSORED
SPONSORED