डोटि, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी पार्टिले सुरु गरेको केन्द्रिय अभियान अन्तरगत डोटि पुगेका छन् ।
पुर्व सांसद तथा काग्रेस दाङका पुर्व जिल्ला सभापति समेत रहेका गिरी कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानकाक्रममा त्यहा पुगेका हुन् । उनले अभियान सुरु गर्नुपुर्व नेपाली काँग्रेस डोटिका सभापति नरेन्द्र बहादुर सिंहसहीत जिल्लाका पदाधिकारी, सदस्यहरुसंग समन्वयात्मक बैठक गरेका थिए । अभियानलाई डोटिमा कसरी सशक्त र प्रभावकारी बनाउने उदेश्यले अभियान सुरु हुनुपुर्व छलफल गरेर प्रारम्भ गरीएको केन्द्रिय सदस्य गिरीले बताए ।
SPONSORED
अभियानलाई गाँउदेखी शहरसम्म प्रभावकारी बनाउन जिल्लामा छलफल गरीएको र सोही अनुसार योजना बनाएर अघि बढाइने केन्द्रीय सदस्य गिरीले बताए । जिल्ला कमिटिका सभापतिसहीत जिल्ला सदस्य, नगर सभापतिसहीत नगर सदस्य, गाँउ तथा वडा कमिटिका सभापति र सदस्यहरुको उलेख्य सहभागिता रहेको थियो ।
SPONSORED
सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुखअतिथि समेत रहेका गिरीले कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा शहरदेखी ग्रामीण भेगका मान्छेका कुरा सुनिने बताएका छन् । उनले अभियानकाक्रममा प्राप्त सल्लाह तथा सुझाव लिई पार्टिको केन्द्रीय कमिटिमा पेश गर्ने पनि बताए । उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए ।
SPONSORED
शहरदेखी गाउँगाउँमा पुगेर आमनागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ छ ।
बीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै नेता गिरीले अहिलेको परिवेशअनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने दाबी गरे ।
बढ्दो प्रविधिको हस्तक्षेप, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान सिप अनुसार अघि बढ्न अभियान गरिएको उनको भनाई छ ।
गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए ।