दाङ, घोराही १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघको गएको असोज १३ गते निर्वाचन सम्पन्न भयो । काग्रेस निकट प्रजातान्त्रिक उद्यमि संघ दाङले लामो छलफलपछि वसन्ता जोशिको नेतृत्वमा उवासंघमा जाने निर्णय गर्यो । वागिलाई टिकट दिएको भन्दै संघका वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिले निर्णय अस्विकार गर्दै फरक टिम निर्माणमा कसरत गरे ।
तर, काग्रेस नेता, प्रजातान्त्रि उद्यमि संघको नेताहरुको दवाव, सल्लाह, समन्वय पछि बुढाथोकिले जोशि नेतृत्वको प्यानल आफै बनाउने सर्तमा उनि राजि भए । आफ्नै वागिलाई सहयोग गरेर चुनावमा जाने निर्णय गराउन काग्रेस नेताहरुको निकै केही दिन दौडधुप चल्यो । प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष मानु खत्रि र महासचिव श्रीधर धितालकै अगुवाइमा चुनाव पनि सफलरुपमा सम्पन्न गरे । काग्रेस, माओवादि र जनमोर्चा मिलाएर भएको गठवन्धनमा २० जना पदाधिकारीमा उपाध्यक्ष वाहेक सबै पदमा जिताउन सफल भए । उपाध्यक्षमा भने रामप्रशाद पोखरेल नेतृत्वको फरक प्यानलवाट वाणिव्य धुर्व गहतराजले चुनाव जिते ।
SPONSORED
त्यो प्यानलवाट जित्ने उनि एक्लो हुन् । प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रिले आफुहरुको चुनावि रणनिति, काग्रेस नेताहरुको सहयोग, समन्वयमा यो नतिजा ल्याउन सफल भएको बताए । उनले यसमा गठवन्धन निकट ब्यवसायिहरुको समर्थन र सहयोग रहेको बताए । आफ्नो पालामा गठवन्धनलाई उपाध्यक्ष वाहेक सबै पदमा जिताउन पाँउदा अत्यन्तै हर्षित र खुसि भएको बताए । आफुहरुको खुसि समग्र ब्यवसायिहरुको जित भएको उनको भनाई छ । काग्रेसवाट जिल्ला प्रतिनिधिकारुपमा खटिई सहयोग गर्ने जिल्ला कोषाध्यक्ष प्रकाश सुवेदि, काग्रेस नेता श्याम सुवेदि लगायत काग्रेस, माओवादि, जनमोर्चा, प्रजातान्त्रिक उद्यमि संघका पदाधिकारी, सदस्य सबैको अहोरात्र खटन पटनले नै यो नतिजा ल्याउन सम्भव भएको बताए ।
SPONSORED
उनले उद्योग उपाध्यक्ष भरतप्रशाद रेग्मिले चुनाव हार्न पुग्दा आफु अत्यन्तै दुखित भएको बताए । आफुलाई समग्र प्रकृयाको नेतृत्व गर्न सहयोग गर्ने रेग्मीको हार अनपेक्षित परीणाम भएको भन्दै उहाँको सही समयमा सही ब्यवस्थापन हुने पनि जिकीर गरे । त्यस्तै प्रजातान्त्रिक उद्यमि संघका महासचिव श्रीधर धितालले उपाध्यक्ष वाहेक सबै पदमा जिताउन सफल भएपनि उपाध्यक्षमा हार वेहोर्दा निकै दुख लागेको सुनाए । उनले सबैको सहयोग र सामुहीक प्रयासमा नै आफुहरुले उद्योग वाणिज्य संघको नेतृत्व ल्याउन सफल भएको बताए । यस समग्र प्रकृयाको नेतृत्व गर्ने अवुसर दिएको पार्टिका सबै नेतादेखी उद्योगि, ब्यवसायि सबैलाई धन्यवाद दिएका छन् ।
SPONSORED