एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’

दाङ, असोज २९ । सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई धन्यवाद ।
अव
निर्वाचित नेतृत्वले अधिवेशनका समयको विशेषगरी नेतृत्व चयनका सन्दर्भमा भएको प्रतिस्पर्धालाई विर्सेर एकता र सहमति निर्माणमा आफुलाई केन्द्रीत गर्नु पर्दछ ।
प्रतिस्पर्धाका कारणले कमिटीवाट वाहिरिएका कमरेडहरुको कामको जिम्मेवारीको योजना बनाएर कार्यान्वयनमा लैजानु पर्दछ ।
प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन भएका प्रदेशले जिल्ला अधिवेशनमा सहमति जुटाउन अधिकतम् जोड दिनु पर्दछ ।
निर्वाचित कमिटीले मापदण्डका आधारमा सचिवालय गठन र कार्यविभाजनको काममा अविलम्व ध्यान दिनु पर्दछ ।
विधानको व्यवस्था अनुसार मनोनयनको अधिकार एकैचोटी प्रयोग नगरी आवश्यकताका आधारमा गर्दैजाने नीति अवलम्वन गर्नु उचित हुन्छ ।
मिसन ग्रासरुटले औल्याएका समस्या र सुझावका आधारमा वार्षिक कार्ययोजना तयारगरी योजनावद्ध रुपमा कामलाई अघि वढाउनु पर्दछ ।
पार्टी सदस्यको योजनावद्ध परिचालन, सदस्यता विस्तार, प्रशिक्षण, कमिटी परिचालन र सुदृढिकरण, कार्यालय व्यवस्थापन, युवा नेतृत्वको विकास जस्ता विषयमा जोड दिनु पर्दछ ।
जनसरोकारका विषय र सामाजिक मुद्दाहरुमा आन्दोलन र अभियान संचालन गर्नु पर्दछ । र सबै वर्ग र समुदायका जनताका बीचमा पार्टीलाई स्थापित गर्ने काम गर्नु पर्दछ ।
नियमित रुपमा कमिटीका बैठक आयोजना गर्ने र गर्न लगाउने कामको नेतृत्व गर्नु पर्दछ । लगातार विनाकुनै उचित कारण अनुपस्थित हुने सदस्य तथा पदाधिकारीलाई कमिटीवाट विदागर्ने व्यवस्था लागुगर्नु पर्दछ ।
वर्तमान गठनवन्धन सरकारका जनविरोधी र राष्ट्र विरोधी क्रियाकलापको विरोध र भण्डाफोर गर्नु पर्दछ । नयाँका नाममा पपुलिजमका आधारमा यस्थास्थितिवादको सेवागर्ने गलत प्रवृत्तिका वारेमा जनतालाई सचेत र जागरुक बनाउनु पर्दछ ।
समग्र पार्टी पंक्तिलाई मिसन ८४ का लागि परिचालित गर्नु पर्दछ र हरेकका घरघरमा पुगेर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु किन आवश्यक छ भन्ने कुरा वताउनु पर्दछ ।
निरासालाई चिर्दै जनतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुराहुने विस्वास जागृत गरौं ।
सबैलाई विजया दसमीको हार्दिक मंगलमय शुभकामना ।

SPONSORED

hospital dang ghorahi