दाङ, जेठ ३२ । ग्लोवल आइएमई बैंक लि. घोराही शाखाले दाङकै पर्यटकीय तथा धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा सरसफाई गरेको छ । शनिबार बैंकका प्रबन्धक डिल्लीराज भुषाल लगाएत सम्पुर्ण कर्मचारी तथा शुभचिन्तकहरुले मन्दिर परिसर सरसफाई गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मन्दिर परिसर सरसफाई गरिएको बैंकका प्रबन्धक भुषालले जानकारी दिनुभयो । सरसफाई कार्यक्रमको उद्घाटन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो । साथै कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिरको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मन्दिरको भौतिक निर्माणका गतिविधिहरुको बारेमा समेत जानकारी दिदै विभिन्न व्यक्ति र संस्थाहरुकै सहयोगले मन्दिरको विकास र स्तरोन्नती भएको बताउनुभयो ।
SPONSORED
सरसफाई कार्यक्रम अन्र्तगत मन्दिर परिसरमा रहेको झारपात सफाई गर्नुको साथै भक्तजन तथा पर्यटकहरु हिड्ने पथहरुमा झाडु लगाइएको छ । साथै मन्दिरको सरसफाई व्यवस्थापनका लागि फोहोर राख्ने भाँडो समेत हस्तान्तरण गरेको छ । बैंकले ८ वटा फोहोर राख्ने भाँडो प्रदान गरेको छ ।
SPONSORED
SPONSORED