घोराही, जेठ ३२ । घोराही उपमहानगरपालिका वडा नं १४ ढोडेनी निवासी समाजसेवी क्या. मनबहादुर पुनको निधनप्रति चौतर्फीरुपमा दुख ब्यक्त गरीएको छ । यसैक्रममा प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल र सभामुख कृष्णबहादुर महराले सामाजिक सञ्जाल फेसवुकमार्फत पुनको निधनप्रति दुख ब्यक्त गरेका ुहन् ।
मुख्यमन्त्रि पोख्रेलले भनेका छन्–युवा समाजसेवी नरेन्द्र पुनका वुवाको निधनवाट म स्तब्ध भएको छु । हामी सबैका अग्रज अभिभावक आदरणीय वुवाप्रति भावपूर्ण श्रद्धान्जली । नरेन्द्रपुन लगायत शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना । घोराही स्थित भ्यू टावरले वुवाको सदैव संझना गराइरहने छ ।’
SPONSORED
त्यस्तै सभामुख महराले पनि फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–दाङ घोराही उपमहानगरपालिका वडा नं। १४ ढोडेनी निवासी समाजसेवी क्या। मनबहादुर पुनको यही जेठ ३१ गते बिहान ८९ वर्षको उमेरमा भएको दुःखद निधनको खबरले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।
SPONSORED
दुःखको यस घडिमा क्या। मनबहादुर पुनप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँको निधनले शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
SPONSORED
आफ्नो अभिभावक गुमाउनुपर्दाको पीडामा रहनुभएका क्या। मनबहादुरजीका छोराहरु नरेन्द्र पुन, गुमान बहादुर पुन, डा। बसन्त पुन र छोरी कलावती पुन ९बुढा० लगायत समस्त परिवारजनलाई धैर्यधारण गर्न र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु । ’