घोराही, ३२ जेठ/घोराही उपमहानगरपालिका १५ काठेकोहल स्थित संस्कार पार्टी प्यालेस तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पार्टी प्यालेस सञ्चालक पदम भण्डारीको अध्यक्षतामा आज एक कार्यक्रम गरी दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले उद्घाटन गर्नुभएको हो ।
करिब ३० लाख रुपैयाँको लागतमा प्यालेस र रेष्टुरेन्ट सञ्चालन गरेको भण्डारीले बताउनुभयो । होटल व्यवसायमा आर्थिक सम्भाबना र रोजगारी देखिएको भन्दै ३० लाख लगानी गरेर पार्टी प्यालेस सञ्चालन गरेको उहाँको भनाई छ ।
SPONSORED
बैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै ठाउँमा केही गरौ भन्ने उदेश्यले प्यालेस सञ्चालनमा रहेको र आधा दर्जन युवाहरुलाई रोजगारी दिएको जानकारी दिनुभयो । पार्टी प्यालेसमा रेष्टुरेन्ट, बिबाह, भोज, जन्मोउत्सब लगाएत अन्य औपचारीक कार्यक्रमहरु गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
SPONSORED
कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले व्यवसायलाई उपभोक्ता मैत्री बनाउनु पहिलो कर्तव्य हुने बताउनुभयो ।
SPONSORED
स्वच्छ, सफा र गुणस्तरीय खाना सहित सेवामा बिषेश ध्यान दिन आग्रह समेत गर्नुभएको छ । कार्यक्रमको सहजिकरण नरेश अधिकारीले गर्नुभएको थियो ।