घोराही, ३२ जेठ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा सडक पुर्बाधार निर्माणलाई प्राथमिकता दिए जस्तै आगामी आर्थिक बर्षमा निरन्तरता दिने भएको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि निति तथा कार्यक्रम सार्बजनिक गर्दै नगर प्रमुख नरुलाल चौधरीले सडक पुर्बाधारलाई निरन्तरता दिने बताउनुभएको हो ।
उपमहानगरको केन्द्रसंग सबै वडालाई जोड्ने गरी सडक पुर्बाधारलाई निरन्तरता दिदै प्रमुख चौधरीले उक्त कार्यलाई प्राथमिकता दिने बताउनुभएको हो । चालु आर्थिक बर्षमा सैघा र चाक्लीघाटलाई सडक सञ्जालमा जोडेको भन्दै उक्त कार्यलाई निरन्तरता दिने बताउनुभएको हो ।
SPONSORED
उपमहानगरले पाँचौँ नगरसभाको आयोजना गरी आर्थिक बर्ष २०७६÷०७७ को लागि निति तथा कार्यक्रम सार्बजनिक गर्दै नगर प्रमुख चौधरीले आमा र शिशुको जीवन रक्षाका लागि खुत्रुके बचत कार्यक्रम लागु गर्ने बताउनुभयो । साथै उपमहानगरले शैक्षिक कार्यक्रमका माध्यमबाट मलाई बढ्न देउ, बिबाह होइन पढ्न देउ कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभयो ।
SPONSORED
घोराही उपमहानगरपालिकाले आगामी बर्षका लागि २ सय ३ बुदा निति तथा कार्यक्रम सार्बजनिक गर्दै समृद्ध घोराहीको संकल्पलाई ध्यानमा राख्दै काम गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको हो । निति तथा कार्यक्रममा समग्र नगरको सडक, भवन, शिक्षा, स्वास्थ्य, सिचाई, पर्यटनलगायतका क्षेत्रलाई समेटिएको छ ।
SPONSORED