प्रदेश ५ को प्रहरी प्रमुखमा डिआइजि सुरेश विक्रम शाह आउने
३२ जेठ, काठमाडौं । नेपाल प्रहरीका ११ डीआईजीको सरूवा भएको छ ।
एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।
SPONSORED
यस्तै योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् । प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि पिताम्वर अधिकारीको प्रहरी प्रधान कार्यालय महीला तथा वालवालिका सेवा निर्देशनालय नक्साल काठमान्डौमा सरुवा भएको छ । उनको ठाउमा प्रदेश ५ को प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी प्रधान कार्यालय बृत्ति विकास निर्देशनालय नक्साल काठमान्डौवाट सुरेश विक्रम सिँह आउन लागेका हुन् ।
SPONSORED
SPONSORED