दाङ, जेठ ३२ । दाङको तापक्रम यो बर्षकै सबैभन्दा उच्च मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग फील्ड कार्यालय घोराहीले शनिवार जिल्लाका तापक्रम ३९.९ डिग्री सेलसियस मापन गरिएको बताएको छ । आज भन्दा एक महिना अगाडि दाङको तापक्रम एकदिन ३९.४ डिग्री सेलसियस मापन गरिएको थियो । वैशाख १८ गतेका दिनपछि शनिवारको तापक्रम वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको मौसम कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार दाङको मिनिमम तापक्रम २५.२ डिग्र्री सेलसियस मापन गरिएको छ । वायुको तापक्रम २५.४ र सोपक्षित आद्रता ६६ प्रतिसत रहेको कार्यालले जानकारी दिएको छ । कार्यालयले बढ्दो तापक्रमलाई हेर्ने हो भने निकट भविस्यमै पानी पर्ने संभावना औंल्याएको छ ।
SPONSORED
SPONSORED