घोराही, जेठ ३२ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आफुमाथि लागेको आरोपको खण्डन गरेका छन । वडा नम्बर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप बारे उनले खण्डन गरेका हुन । उपमहानगरपालिका ले उपभोक्ता समिति गठनका लागि पटक पटक ताकेता गर्दा पनि वास्ता नगरेर सम्झौता मिति सकेपछि वडाबासीका विचमा भ्रम छर्न न्यौपानेले त्यसो गरेको उनको आरोप छ ।
समयमै सम्झौता गरिसक्नुपर्ने भएपनि त्यसो नगरी आफ्नो गल्ती ढाकछोप गर्नका लागि कपोलकल्पित आरोप लगाइएको नगर प्रमुख पाण्डेले बताएका छन । ञजुन वडाको विकास गरेपनि नगरकै विकास हुने हो यसमा मैले कुनै राजनीतिक रुपमा हेर्नुपर्ने कुरै छैन झ पान्डेले भने ।
असारे विकास रोक्न जेठ १५ सम्म मात्रै योजना सम्झौता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बैठकमा ताकेता गर्दा वडाध्यक्षले कुनै मतलव नगरेको उनको भनाई छ ।
SPONSORED
सम्झौताको समय गुज्रिदा सम्म वडाले यसमा कुनै चासो नदिएको जनाइएको छ ।वडाले समयमै प्रक्रिया अगाडी नबढाए पनी अर्को बर्ष काम गर्ने गरि उपभोक्ता समिती गठनका लागि प्रक्रिया अगाडि बढाउने सहमति वडाध्यक्षसंग भइसकेको अवस्था एकाएक पत्रकार सम्मेलन गरेर आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको पनि नगर प्रमुख पान्डेको आरोप छ । असारे विकासका नाममा भ्रष्टाचार मौलाएको र विकास पनि प्रभावकारी नहुने उनको भनाइ छ ।
राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि ३५ लाख बजेट छुट्याइएको थियो । वडाध्यक्ष न्यौपानेले भने तुलसीपुरमा पत्रकार सम्मेलन गरि उपमहानगरले बजेट नदिएको आरोप लगाएका थिए ।।
SPONSORED
SPONSORED