घोराही, माघ १२ । दाङ निर्माण व्यवसायी संघको दुई दिने अधिबेशन भोलि माघ १३ र १४ गते घोराहीमा सुरु हुँदैछ । अधिबेशन नजिकिदै जाँदा नेतृत्व कसले हातपार्ने भन्ने रक्साकस्सी पनि तिव्र सुरु भएको छ ।
अध्यक्षको दौडमा निर्माण ब्यवसायिहरु इश्वर पुनसहीत ४ जनाहरु सकृय रहेका छन् । अहिलेका कार्यवाहक अध्यक्ष गणेश गिरी, निर्माण ब्यवसायि सुरज गुप्ता, वलबहादुर चपाई पनि अध्यक्ष बन्न आआफ्नो लबिङमा छन् । गिरी सर्वसम्मत पाएमा नेतृत्व लिने दौडमा छन् पुन भने निर्वाचन नै लडेर नेतृत्वमा आउने तयारीमा छन् ।
संयुक्त ब्यावसायिक प्यानलवाट पुनले अध्यक्षमा टिकट पाउने वलियो सम्भावना छ । पुनले प्यानल नै खडा गरेका छन् । अध्यक्षमा दावि गरेका ईश्वर संघका उपाध्यक्ष भएर काम गरीसकेका छन् । भने वर्तमान सल्लाहकारको भुमिकामा रहेका छन् । पुनको प्यानलमा उम्मेदवारी दिन लागेका अधिकांश व्यवसायीहरु वर्तमान कार्यसमितिमा रहेका छन् ।
SPONSORED
पुनको नेतृत्वमा सबैलाई समेटर प्यानल बनाईएको छ । पुनको प्यानलवाट महासचिवमा शोकबहादुर रोका मगर मैदानमा उत्रिदै छन् । सरल स्वभाव, सहयोगि रहेका शोकबहादुर वर्तमान महासचिव पनि हुन् । महासचिवको दौडमा पुर्व महासचिव विकास पुन, सुदन केसि दौडमा छन् । महासचिवमा दुर्गा जिएम पनि प्रत्यासि छन् । संघमा अध्यक्ष लड्ने तयारी गरेका गोपालप्रशाद घिमिरे पनि इश्वर पुन नेतृत्वको प्यानलवाट वरीष्ठ उपाध्यक्षमा लड्दै छन् ।
SPONSORED
अध्यक्षमा दावि गर्दै आएको र वलियो रहेका घिमिरे नै पुनको प्यानलमा समर्थन गर्दै सो प्यानलवाट उम्मेद्वार बन्ने पक्कापक्की भएपछि चुनावि सरगर्मि बढेर गएको छ । निर्माण ब्यवसायिहरुको विचमा पुनको प्यानल वलियो रहेको एक निर्माण ब्यवसायिले बताए । पुनकै प्यानलवाट सचिवमा द्रोर्ण वहकरी दौडमा छन् । उनि वर्तमान सचिव हुन. । त्यस्तै कोषाध्यक्षमा पनि हरीवंश दाहालसहीत तिन जनाको दावि रहेको छ । दाहालसहीत पुर्व कार्य समिति सदस्य विमल कार्कि, सुदर्शन श्रेष्ठ कोषाध्यक्षको दौडमा रहेका छन् । दाहाल वर्तमान कोषाध्यक्ष हुन् । त्यसैगरी अध्यक्षपछी पावरफुल मानिने महासचिवमा हुने प्रतिष्पर्धा रोचक रहेको छ । निर्माण व्यवसायी वर्तमान महासचिव शोकबहादुर रोकामगर र विकास पुनको प्रतिष्पर्धाले चुनावि रौनकता थपिएको छ। संघको निर्वाचनको सन्दर्भमा सर्वसम्मतको प्रयास भइरहेको दाङ निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रदेश नं। ५ का बलिभद्र रानाले जानकारी दिए ।
उनले सकेसम्म संघमा सर्वसम्मत कार्यसमिति निर्माण गरिने, केही सिप नलागे मित्रवत रुपमा लोकतान्त्रिक विधि पद्धतिका आधारबाट कार्यसमिति गठन गरिने बताए । कुल १४२ मतदाता रहेको संघमा ४ जना सदस्य देश वाहीर रहेकाले १ सय ३८ जनाले मतदान गर्ने अनुमान गरीएको छ। अधिवेसनको तयारी पुरा भएको संघले बताएको छ । साधारण सभा तथा नवौँ अधिसेवनको विहान ८ बजे उद्घाटन हुने भएको छ । अधिबेसनको उद्घाटन केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले गर्नु हुने संघका महासचिव शोकबहादुर रोकाले बताए । अधिवेशनमा प्रदेश नं. ५ अध्यक्ष बलिभद्र राना लगायतका निर्माण व्यवसायीहरुको उपस्थिति रहनेछ ।
SPONSORED