माघ ४ गते औपचारीक कार्यक्रम गरेर दर्शकका लागि खुला हुदै
घोराही, माघ २ । दाङमा पनि सुविधासम्पन्न अत्याधुनिक साउण्डसिष्टमसहीतको मनकाशी सिनेप्लेक्स निर्माण भएको छ । माघ ४ गतेदेखी पुर्णरुपमा सञ्चालनमा आउने छ । दैनिक १२ देखी ३, ३ देखी ६ र ६ देखी साढे ८ गरेर तिन सो हुन्छ । शनिवार विहान साढे ८ बजेदेखीको शो मा विद्यार्थिहरुलाई ५० प्रतिशत छुटसहीत त्यस दिन चार सो हुनेछ ।
नयाँ सिनेमाहलको औपचारीकरुपमा उद्घाटन गर्न माघ ४ गते चर्चीत गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलि आउने कार्यक्रम तय भएको छ । वुधवार पत्रकार सम्मेलन गरेरे जानकारी दिईएको हो । हल सञ्चालक ओम जैसिको अध्यक्षतामा भएको पत्रकार सम्मेलन नेपाल पत्रकार महासघको केन्द्रिय सचिव उदयम जिएम प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन विशिष्ट आतिथ्यतामा भएको थियो । दङ्गाली वासीकाहरुको सेवा सुविधाका लागि घोराही न्युरोड स्थित मनाटावरमा आधुनिक सुविधा सम्पन्न मनकोशी सिनेप्लेक्स संचालन हुने भएको हो । दाङका व्यापारीहरु ओम जैशी , सुनिल राजभण्डारी र ललित श्रेष्ठले संयुक्त रुपमा उक्त सिनेप्लेक्स संञ्चालन गर्न लागेका हुन् ।
SPONSORED
अत्याधुनिक सुविधा सहित एसी , डल्वी म्युजिक सिस्टम , क्रिष्टल किलियर पिक्चर , आरामदायी फोल्डिङ र चमेना गृहसहित करीव ३ करोडको लागतमा सिनेमा हल संञ्चालन गर्न लागिएको सञ्चालक सुनिल राजभण्डारीले जानकारी दिए । उनले पत्रकार सम्मेलनमा कार्यक्रमको विषयबस्तुमाथि प्रकाश पारेका थिए । वढ्दो आधुनिक प्रविधिको विकास संगै मनोरञ्चनमा क्षेत्रको लाई सुविधा सम्पन्न र पुर्ण पारिवारीक वातावरण सहित संञ्चालन गर्ने लक्ष्यका साथ दाङमा पहिलो आधुनिक सुवधिा सम्पन्न सिनेप्लेक्स हाउस संञ्चालन गर्न लागिएको संचानलक ओम जैशीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
SPONSORED
साथै जैशीले नेपालका पहिलो पटक भित्र्दै गरेको फोर के प्रविधि समेत जडान गरी सुविधा सम्पन्न वनाउने लक्ष्य लिएको जानकारी दिए । पछिल्लो सयम नेपालमा पनि हलीउड र वलिउड स्तरिय फिल्महरु निर्माण भईरहेकाले ति फिल्महरु आधुनिक सुविधा सम्पन्न सिनेप्लेक्सको अभाव व्याहोरी रहेको र दर्शकहरुले पनि प्रविधिको विकास संगै सुविधावाट विमुख भईरहेको सवै समस्या लाई मध्येनजर गर्दै यो सेवा संञ्चालन गर्न लागिएको वताए । करिव १ सय ६० सिट क्षमता निर्माण हुन लागिएको उक्त सिनेप्लेक्स घोराही न्युरोडल स्थित मनाटावरमा टप फ्लोरमा संञ्चालन हुने छ । भने प्रति व्यक्ति २ सय ५० रुपैया टिकट मुल्य कामय गरिने समेत जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय सचिव जिएम र विशिष्ट अतिथि महासंघका जिल्ला अध्यक्ष प्रियासनले दङगालीहरु सुविधा सम्पन्न सिनेमा हल अभाव व्यहोरी रहेको गुनासो गर्दै सिनेप्लेक्सको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
SPONSORED