२ माघ/ नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य तथा लोक गायक प्रेमबिबस घर्ती मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् ।
मंगलबार बेलुकी घोराही देखी तुलसीपुर तर्फ आउँदै गर्दा घर्ती सवार बा ४ प ८०९२ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको बा ४ प ४३६९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घर्ती घाईते भएको प्रहरीले बताएको छ ।
SPONSORED
दाहिने हातमा गम्भीर चोट लागेका घर्तीको घोराहीको गोरखा हस्पिटलमा उपचार भईरहेको छ । ठक्कर दिने चालक पवननगर निवासी भुवन केसी पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।घाईते दुबै जना खतरामुक्त छन् । घर्ती रेडियो हाम्रो पहुँचका प्राबिधिक प्रमुख समेत हुन् ।
SPONSORED
SPONSORED