दाङ, माघ २ । माघ १० गतेदेखि दाङको घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी–२०७५ को तयारीलाई तीब्र पारिएको छ ।
महोत्सव तयारी स्वरुप बुधवार दाङका राजनीतिक दल र नागरिक समाजसँग छलफल गरिएको छ । छलफलमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले दाङका कुखुरा व्यवसायी किसानहरुले जिल्लालाई मासु तथा खण्डामा आत्मनिर्भर बनाउन सफल भएकोमा प्रशंसा गर्दै अब दाङलाई पोल्ट्री व्यवसायीबाटै आर्थिक संमृद्धिको बाटोमा लैजानुपर्ने बताए ।
उनले पहिलो पटक घोराहीमा आयोजना गरिने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सवलाई सफल पार्न आम दंगालीहरु जुट्न आवश्यक रहेको भन्दै यसका लागि नागरिक समाज दाङले सहयोग समन्वयको काम गर्ने प्रतिवद्धता जनाए ।
SPONSORED
कार्यक्रममा नेकपा कार्यदलका सदस्य सुवास पुनले दाङ पोल्ट्री व्यवसायका लागि अतिउत्तम जिल्ला भएको र महोत्सवले यहाँका कृषकहरुलाई यो व्यवसायमा थप उत्साहित बनाउन सहयोग गर्ने भन्दै यसलाई सफल पार्न आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीले आफ्नो पार्टीले महोत्सवलाई गर्ने सहयोगमा कुनै कञ्जुस्याइ नगर्ने भन्दै उपभोक्तासम्म स्वच्च, शुद्ध मासु तथा मासुजन्य बस्तु लैजानका लागि पोल्ट्री व्यवसायीहरु थप जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
SPONSORED
सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका मणिराम खनाल र नेकपाका सुरामणि वेल्वासेले पनि महोत्सव दाङलाई पोल्ट्री व्यवसायमा अझ सवल र सक्षम बनाउनका लागि कोशेढुंगा सावित हुने भन्दै आफ्ना राजनीतिक दल र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
SPONSORED
सो अवसरमा समितिका अध्यक्ष बुढाथोकीले महोत्सवको उद्देश्य दाङलाई स्थानीय उत्पादनको बजारिकरण गरी पोल्ट्रीजन्य व्यवसायलाई व्यवसायिकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, राष्ट्रिय तथा अन्तराट्रि«य क्षेत्रमा दाङको पोल्ट्रजन्य बस्तुको पहिचान गराउने, यहाँको पोल्ट्री व्यवसायलाई थप प्रवद्र्धन गरेर लैजाने र महोत्सवमा प्रस्तुत हुने विभिन्न झाँकी र संस्कृतिक कार्यक्रमबाट संस्कृतिको संरक्षण गर्दै त्यसको सम्वद्र्धन गर्ने उद्देश्यहरु रहेको जानकारी गराएका थिए ।
‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मूल आयोजनमा हुन लागेको महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि एक सय स्टल रहने छन् । घोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा माघ २० गतेसम्म सञ्चालन हुने महोत्सवमा यो अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।