दाङ, माघ २ । पेशागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले पहिलो दिनको आन्दोलनको कार्यक्रम अन्तरगत तालावन्दि कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न मागसहित आजदेखि संघर्षमा उत्रिएका कर्मचारीहरुले पहिलो दिनको तालाबन्दीको कार्यक्रम सकिएको भन्दै भोलिदेखि ओपिडी सेवा ठप्प पार्ने जनाएका छन् । संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले आन्दोलनकै क्रममा भोलिदेखि ओपिडी सेवा ठप्प पार्ने जानकारी दिनुभयो । इमर्जेन्सी, प्रसुतीलगायतका अत्यावश्यक सेवामा आफूहरुले कुनै असर नपार्ने भन्दै अध्यक्ष गौतमले ओपिडीको काम भने बाहिरबाटै सञ्चालन गर्ने जानकारी दिनुभयो ।
आन्दोलनरत चिकित्सकहरुबाटै प्रतिष्ठानको प्राङ्गणमै बिरामी जाँच गर्ने भन्दै अध्यक्ष गौतमले आफूहरु स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रप्रति गम्भीर भएकाले यस खालको आन्दोलन सञ्चालन गरेको जानकारी दिनुभयो । आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तवल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् ।
SPONSORED
प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणी विहिन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिनुभयो ।
SPONSORED
SPONSORED