काठमान्डौ । नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक सांसद चयन गरेको हो।
सात वटै प्रदेशमा गरेर एमालेले ७५ जनाको नाम छनौट गरेको हो । पाँच नम्वर प्रदेशको एमालेको तर्फवाट बन्ने प्रदेश सांसद सबै महीला हुन् । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचनमा महीला उम्मेद्वार कम उठाउनुका साथै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महीला सख्या पुर्याउनुपर्ने कानुनि वाध्यताले यसपालि पाँच नम्बर प्रदेशमा एमालेवाट १३ वटा समानुपातिक सिटमा महीलालाई पठाएको हो । महीलाको सख्या नपुर्याउदा निर्वाचन आयोगले स्विकार नगर्ने भएकाले एमालेले सबै महीला पठाएको बुझीएको छ । एमालेले पाँच नम्बर प्रदेशमा प्रत्यक्ष २८ र समानुपातिक १३ गरी ४१ सिट पाएको छ ।
SPONSORED
४१ को ३३ प्रतिशत हुँदा एक जना महीलाले प्रत्यक्ष जितेकाले १३ जना महीलालाई समानुपातिकमा पठाउनुपर्ने कानुनि वाध्यता रहेको थियो । दाङवाट दुई जना महीला प्रदेश सांसदमा परेका छन् । जसमा सरस्वति गौतम र धमकलि चौधरी रहनु भएको छ । यसपालि पाँच नम्बर प्रदेशमा पुरुषतर्फ कुनै पनि परेनन् । यद्यपि, प्रदेश सभाको समानुपातिकतर्फ पहिलो नम्वरमा रहेका एमालेका युवा नेता वलिभद्र राना ३३ प्रतिशत समानुपातिकमा महीला सिट पुर्याउनुपर्ने भएकाले यसपालि परेनन् । यसअगाडि रानाको नाम प्रदेशमा पहिलो नम्वरमा रहेकाले प्रदेश समानुपातिक सांसदमा पर्ने आंकलन गरीएको थियो । समानुपातिकमा महीला सिट ३३ प्रतिशत पुर्याउनुपर्ने भएपछि राना यसपटक समानुपातिक सांसदमा पुरुषतर्फ परेनन् ।
SPONSORED
यस्तो छ प्रदेशसभाका समानुपातिक सांसदको सूची
SPONSORED
प्रदेश ५
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम