भारत, हङकङमा खुल्यो अफ्रिकासम्मको योजना
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो शाखा विस्तारलाई तिव्रता दिएको छ । केही समय अघि हङकङमा आफ्नो नयाँ शाखा विस्तार गरेको एक्सपर्टले आगामी फेब्रुअरीमा अफ्रिकी देश नाइजेरियामा पनि शाखा खोल्दैछ । एक दशकभन्दा लामो अनुभवका आधारमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नै विद्यार्थीहरुको लागि गर्विलो ब्रान्ड बन्नका लागि आफुहरु अघि बढेको बताउँछन् एक्सपर्ट ग्रुपका निर्देशकमध्येका एक बद्री अर्याल । अर्का निर्देशक सञ्जीव शर्माले अहिलेसम्म एक्सपर्ट ग्रुपको २४ वटा शाखा भएको र अब तीन महिनाभित्र नै ३० पुग्ने लक्ष्य रहेको जानकारी दिए । उनले भने, “आन्तरिक तयारीको क्रम यथावत छ । हाम्रो पछिल्लो बोर्ड मिटिङले आगामी ५ वर्षभित्र २० वटा देशमा विस्तार गरिसक्ने योजना बनाएको छ ।”
एक्स्पर्टले पछिल्लो समय शाखा विस्तार गरेको ठाउँमा यहीँ अष्ट्रेलियामा नै कार्यरत रहेका अफिसरहरुले आफ्नो लामो अनुभवका आधारमा आफ्नै देशमा गएर कार्यालय खोलेका हुन् । यसले विद्यार्थीहरुको एक्स्पर्टप्रति विश्वास बृद्धि हुनुका साथै अष्ट्रेलियामा हासिल गरेको अनुभवले काममा चुस्तता दिएको अनुभव छ निर्देशक शर्मा र अर्यालको । नेपालमा विभिन्न शहरमा गरी एक्सपर्टका १७ वटा शाखा खुलिसकेका छन् । यस्तै अष्ट्रेलियामा आगामी फेब्रुअरीमा पर्थमा शाखा विस्तार गरेपछि डार्विन र तास्मानियाबाहेक अन्य सबै शहरमा एक्सपर्टको आफ्नै कार्यालय रहनेछ । डार्विन र तास्मानियाका सेवाग्राहीलाई पनि समेट्ने अन्य योजनाहरु बनिसकेको बताउँछन् निर्देशक अर्याल । एमएनटीभीसँग कुरा गर्दै अर्यालले हङकङ बाहेक चीनका अन्य तीन शहरमा पनि आगामी फेबुअरीभित्रमा कार्यालय खुलिसक्ने जानकारी दिए । एक्सपर्ट ग्रुपले शैक्षिक परामर्श सेवाका साथै अष्ट्रेलियामा अजी होम लोन एण्ड फाईनान्स र टेलीच्वाईसका माध्यमबाट टेलिकम सेवाको बिक्री पनि गरिरहेको छ । “हामीसँग आएका विद्यार्थीहरुलाई चाहिने सेवा एउटै छानोमुनी प्रदान गरौं” भनेर होम लोन एण्ड फाईनान्सका साथै टेलिकम सेवालाई पनि बढावा दिएको व्यवस्थापकहरुको भनाई छ ।
SPONSORED