दाङ, १३ पुस । विगत २ वर्षदेखि काठमाडौं थारु कल्याणकारिणी सभा उपत्यकाले राष्ट्रिय थारु माघि महोत्सबको नाम बाट र असन्तुष्ट पक्षले थारु राष्ट्रिय माघि महोत्सवको नाम बाट काठमाडौंको टुडिखेलमा माघ १ गते एक साथ दुई ठाँउमा कार्यक्रम गर्दै आइरहेका छन् ।
विगत २ वर्ष देखि सुमन चौधरीको अगुवाइमा हुने थारु कल्याणकारिणी सभा उपत्यकाको माघि महोत्सव र थारु विद्यार्थी समाज केन्द्र, बर्दियाली थारु विकास मञ्च लगाएत ३२ संघ संस्थाले चन्द्र प्रसाद चौधरीको अगुवाइमा गरेको माघि महोत्सवको मुख्य विवाद महोत्सवको आयोज समितिको संयोजन थारु कल्याणकारिणी सभा केन्द्रले गर्नु पर्ने, हिसाब पार्दर्सी बनाउनु पर्ने र समान जिम्मेवारी लाई आत्मसाथ गर्दै सम्पूर्ण संघ संस्थालाई मिलाएर लानु पर्ने रहेका छन् ।
माघ १ गते नजिकिदै गर्दा पुर्व देखि पश्मिच सम्म छरिएर रहेका थारु समुदाय बाट केन्द्रमा हुने माघि महोत्सव दुई पक्ष मिलेर एक ठाँउमा गर्नु पर्ने माग राख्दै आइरहेका छन् । थारु नागरिक समाज कैलालीका जिल्ला संयोजक दिल बहादुर चौधरी फेसबुकमा लेखेका छन् “यसपाली काठमाण्डौंमा एक ठाउँमा मात्रै माघी महोत्सवको आयोजना भएन भने सबैले महोत्सव बहिष्कार गर्न सक्नु पर्दछ । यहाँको बिचार के छ ?”
कमेन्टमा सबैले एक ठाँउमा हुनु पर्ने सहमति जनाएका छन् भने बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सिताराम चौधरीले “माघी महोत्सव एउटै मञ्चमा होस् भन्ने सबैको चाहना हो । था.क.स. केन्दिय कमितिले यो सानो बिबादित विषयलाइ टुङ्गो लाउन सक्नु पर्छ र आखिर समस्या सुल्झिन्छ भने बाउले initation लिएकै राम्रो । यो कुरा था क स को केन्द्रीय पदाधीकारीले समयमै सोचुन ।” भनि कमेन्ट गरेका छन् ।
काठमाडौं उपत्यकामा थारु माघि महोत्सव एक ठाँउमा हुनु पर्छ भन्दै विमल चौधरीको नेतृत्वमा रहेको विद्यार्थी टोलीले दबाब समुह समेत गठन गरि दुई पक्षलाई बार्ता गरी एक ठाँउमा कार्यक्रम गर्न दवाव दिइ रहेको छ । यसै विच थारु विद्यार्थी समाज केन्द्र, बर्दियाली थारु विकास मञ्च लगाएत विभिन्न ३२ संघ संस्थाहरुको आयोजनामा विगत २ वर्ष देखि काठमाडौं उपत्यकामा भइरहेको थारु राष्ट्रिय माघि महोत्सव २०७४को तेस्रो बैठक १२ गते बुधबार बागबजारमा सम्पन्न भएको छ ।
थारु राष्ट्रिय माघि महोत्सवको बैठमका उपस्थित भएका दबाब समुहका अगुवा विमल चौधरीले माघ १६ गते सम्म वार्तामा जुट्न थारु राष्ट्रिय माघि महोत्सव समिति लाई आग्रह गरे अनुसार समितिले १६ गते भित्र बार्ता गर्ने गरि चन्द्र प्रसाद चौधरीको नेतृत्वमा ७ सदस्य रहेको वार्ता टोली गठन गरेको छ । बैठकमा था.क.स केन्द्रले महोत्सवको संयोजन गरे सहमति जनाउने निर्णय गरेको छ । तर ११ गते मंगलबार था.क.स केन्द्रमा भएको बार्तामा था.क.स. केन्द्रका उपाध्यक्ष प्रेमीलाल चौधरी र था.क.स. उपत्यका अध्यक्ष सुमन चौधरीले हस्ताक्षर गर्न मानेका थिएनन् ।
यस्तो गरिएको थियो सहमति
थारु कल्याण कारिणी सभा र थारु बिद्यार्थी समाज बिच एकै ठाँउमा माघी महोत्सव मनाउने सहमती गरियो । सहमती थाकस केन्द्रिय कार्य समिति अध्यक्ष धनिराम चौधरी ज्यूको रोहवरमा गरियो । यसको अन्तिम निर्णय थाकस केन्द्रिय समितिले गरेको निर्णय हामी सबैलाई मान्य हुनेछ । भनिएको उपस्थितिमा सत्यनारायण चौधरी, था.क.स. केन्द्रका उपाध्यक्ष प्रेमीलाल चौधरीको हस्ताक्षर छैन । बार्ता टोलीमा रहेका एक सदस्यले था.क.स. उपत्यका का अध्यक्ष सुमन चौधरीले सहमतिमा हस्ताक्षर गर्न नमाने पछि प्रेमी लाल चौधरीले पछि हस्ताक्षर गर्न नमानेको बताइएका छन् । रेडियो पहिचानबाट
SPONSORED