विमला घर्ती
घोराही, २० कात्तिक । विगतमा अरुको घरमा कम्लहरी बसेर मुक्त भएकाहरु आर्थिक रुपमा सक्षम हँुदै गएका छन् । जमिन्दार अथवा साहुको घरमा भाडा माझ्ने, कपडा धुने काम गर्दै आएका उनिहरुको अहिले आर्थिक तथा सामाजिक स्तर बढेको छ । अधिकांश पूर्व कमलरी मुक्त भइसकेपछि अध्ययनका साथ साथै व्यावसायीकता तिर लागेका छन् । कति सरकारी निकायमा जागिरे भएका छन्, भने कति संघसंस्थामा आवद्ध भएका छन् । विभिन्न कारणले पढ्न नपाएकाहरु भने विभिन्न सिपमुलक तालिम सिकेर व्यावसायीकता तीर लागेका छन् ।
सिप सिकेर व्यावसायिकता तर्फ अघि बढ्दै गरेकामध्य एक जना हुनुुहुन्छ लमही नगरपालिका वडा नम्बर २ कि लक्ष्मी चौधरी । उहाँले आफु कमलरी मुक्त भइसकेपछि अध्ययन शुरु गरेको बताउनुभयो । अहिले उहाँ बिएड तेस्रो बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । परिवारले कमलरीका रुपमा साहुको घरमा पठाएको बताउने लक्ष्मीले करिब दुई बर्ष जती भाँडा माझ्ने तथा कपडा धुने काम गरेको बताउनुभयो ।
SPONSORED
माघमा घरमा आएको वेलामा अध्ययन सुरु गरेको उहाँ बताउनुहुन्छ । उहाँले बिगत सम्झदै भन्नुभयो ‘कमलरी बस्दा धेरै समस्या थियो’ । समयमा खान पनि पाइदैन थियो, घरका सबै जसो काम गर्दा ज्यान बिरामी जस्तो हुन्थ्यो ’ । अहिले उहाँ पढाई संगै कुसुम अफसेट प्रेसमा कम्प्युटर अपरेटरको रुपमा काम गर्दे हुनुन्छ । भबिश्यमा कम्प्यूटर अपरेटरको रुपमा काम गर्ने लक्ष्य लिनुभएकी लक्ष्मीले लोकसेवाको तयारी गर्दे गरेको बताउनुभयो ।
SPONSORED
यसैबीच राप्ती गाउँपालिका ५ की मिना चौधरीले पनि अहिले उद्यम विकास सहजकर्ता कोर्ष पढ्दै हुनुन्छ । तुलसीपुरमा चार बर्ष सम्म कमलरीका रुपमा बस्नुभएकी मिना अहिले जीवन बदल्ने अभियानमा लाग्नुभएको छ । उहाँले कक्षा १२ सम्मको औपचारिक अध्ययन पुरा गर्नुभएको छ । बिगतमा अरुको घरमा कामदारका रुपमा बस्नुपर्दा आफुलाई अहिले यो ठाउँमा आउँछु जस्तो नलागेको अनुभव सुनाउनुभयो । नेपाल युथ फाउन्डेसनको सहयोगमा कमलरी मुक्त भइसकेपछि उहाँले धेरै मेहनत गर्नुपरेको बताउनुभयो । आफ्नो जीवनस्तर परिवर्तन हुनुमा नायफ नेपालको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । उहाँले आगामी दिनमा उद्यमशिल सहजकर्ता तथा प्रशिक्षकको रुपमा काम गर्ने लक्ष्य लिनुभएको छ ।
SPONSORED
लक्ष्मी र मिना मात्र होईन लमही नगरपालिका ३ फलकापुरकी विमला चौधरी पनि अहिले आफुले जस्तो कमलरीको रुपमा अरुको घरमा काम गर्न कसैलाई नपरोस् भन्नुहुनछ । हामीले धेरै दुःख पायौँ हामी जस्तो दुख अरुलाई नहोस् उहाँले भन्नुभयो । विमला अहिले विएड तेस्रो वर्षमा अध्ययन गर्दैै हुनुहुन्छ । १० बर्ष देखि कमलरी बसेको बताउनुने विमला १३ वर्ष देखि अध्ययन थाल्नुभएको हो । अहिले पढाईको साथमा बेस संस्थाको लमहीमा सामाजिक परिचालकको रुपमा कार्यरत हुनुहुन्छ ।
कम्प्युटर अपरेटर बन्ने लक्ष्य लिएकी विमला अहिले लोकसेवाको तयारीमा लाग्नुभएको छ । मेहनत गरेर पढेमा सफल भइनेमा उहाँ विस्वस्त हुनुहुन्छ । अहिले हजारौ मुक्त कमलरीहरु अध्ययन गरिरहेका छन् । उनिहरुको शिक्षाका लागि नेपाल युथ फाउण्डेसन लगायतका संस्था तथा नेपाल सरकारले सहयोग गर्दे आएको छ । पूर्व कमलरीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले पढाइमा पुरा गर्नमा समस्या भएको भन्दै उनिहरुले थप सहयोगको अपेक्षा समेत गरेका छन् ।