घोराही, फागुन ९ । नेकपा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले विजौरी उद्योग वाणिज्य संघको निर्वाचनवाट निर्वाचीत भएका वामपन्थि प्यानलका अध्यक्षका उम्मेद्वार प्रेमनाथ योगिसहीत सम्पुर्ण निर्वाचीत कार्य समितिलाई वधाई तथा शुभकामना दिएका छन् । उनले वापन्थि प्यानलवाट अध्यक्षसहीत विभिन्न पदमा उठेका उम्मेद्वारहरुलाई जिताउनका लागि सहयोग गर्ने मतदाता, निर्वाचनमा रातदिन खट्ने उद्योगि, ब्यवसायि, पार्टिका विभिन्न तहका नेता, प्रचार–प्रसार समिति, शुभेच्छुक लगायत सबैमा धन्यवाद दिएका हुन् ।
उनले निर्वाचनपछि आएको संघको नयाँ नेतृत्वलाई सबैलाई मिलाएर लैजान र उद्योगि ब्यवसायिको पक्षमा काम गर्न सुझाएका छन् । निर्वाचनका तितामिठा भुलेर संस्थालाई एकतावद्ध र वलियो बनाउन सम्पुर्ण ब्यवसायिहरुको ब्यावसायिक एकता र आफ्नो ब्यावसायिक एजेण्डा कार्यान्वयन गर्न मन, वचन र कर्मले लागि पर्न पनि नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । पार्टिका आधिकारीक उम्मेद्वार सर्वसम्मत छान्नदेखी चुनाव जिताउन सहयोग गर्ने विजौरी उवासंघका पुर्व अध्यक्ष, पार्टिका नेतासहीत सबै धन्यवाद र वधाईका पात्र भएको भन्दै चुनाव जितेपछि पार्टिभन्दा माथि उठेर ब्यावसायिक सवालमा काम गर्नुपर्ने बस्नेतले बताए ।
SPONSORED
उद्योगि, ब्यव्सायिको हक हितका लागी ब्यक्तिगत र पार्टिगत हैसियतमा जुनसुकै वेला सहयोग गर्न तयार रहेको पनि बस्नेतको भनाई छ । बस्नेत अहिले पार्टिको उद्योग विभाग प्रमुखसहीत नेकपाको जिल्ला आर्थिक विभाग उपप्रमुख र सचिवालय सदस्यको जिम्मेवारीमा छन् । बस्नेतकै पहलमा त्यहाका स्थानिय, वडा र जिल्ला तहका नेताहरुसहीत पार्टि निकट उद्योगि, ब्यवसायिहरु सबैले सामुहीकरुपमा वामपन्थि प्यानलवाट प्रेमनाथ योगिको नेतृत्वमा चुनावमा जाने निर्णय भएको थियो । संघको निर्वाचनमा मिश्रीत परीणाम आएको छ भने अध्यक्षमा नेकपावाट योगि निर्वाचीत भएका छन् ।वहुमत अन्य पदाधीकारी र सदस्यमा काग्रेस निकट प्रजातान्त्रिक प्यानलले जितेको छ ।
SPONSORED
SPONSORED