दाङ, साउन ६ । घोराहीका एक युबा दम्पत्तिले घोराही १६ तेरौटे स्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सन्चालीत बृद्ध बृद्धाहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेका छन । घोराही १५ न्युरोड निबासी युबा दम्पत्ति साजन भण्डारि र श्रीमती डिम्पल गिरि भण्डारीले आफ्नी छोरी श्रेयशि भण्डारीको दोस्रो जन्म दिन पारेर बृद्धबृद्धाहरुलाइ नगद १० हजार रुपैयाँस ५ सय ५ रुपैयाँ र डेढकिलो पनिरस ५ किलो आलु प्रदान गरेका हुन ।
आफ्नो खाजाखर्च र जन्मदिनमा हुने फजुल खर्च कटाएर त्यसबाट बचेको रकमबाट छोरीको जन्मदिनमा सकारात्मक शन्देश दिन र सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको भण्डारी दम्पत्तिको भनाइ छ । छोरीको जन्मदिनमा आफुहरुले बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु गर्दै निरन्तरता दिन बिश्वास दिलाए । अघिल्लो बर्ष पनि भण्डारी दम्पत्तिले छोरीकै जन्मदिनमा बृद्धबृद्धालाई कपडा बितरण गरेका थिए ।
SPONSORED
धेरैले जन्म दिनको नाममा केक काट्नेसहित रमाइलोको नाममा साथीभाइ बोलाएर तडकभडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि छोरीको जन्म दिनमा बृद्धबृद्धालाई सम्झिएको र सानैदेखि छोराछोरीलाई सस्कारिक बाताबरण दिएर बृद्धबृद्धालाई घरमै सम्मान गरिनुपर्छ र बृद्धबृद्धालाई बृद्धाआश्रम होइन, घरमै सम्मानपुर्बक बाच्न पाउनुपर्ने शन्देश दिन यो काम गरिएको बुवा साजनले बताए ।
SPONSORED
SPONSORED