क्रियाशीलता र ईमान्दारिताले भरिपूर्ण युवा व्यवसायी युवराज पन्तले चुनाव जिते

घोराही, १४ असोज ।

युवा जोशले भरिपूर्ण व्यवसायी हुन् युवराज पन्त । दाङकै पुरानो ज्योति बस्त्रालयका सञ्चालक पन्त सामाजिक कार्यमा क्रियाशील छन् ।

SPONSORED

दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार बनेका पन्त सामाजिक संघसंस्थामा क्रियशील छन् । उनले १ हजार २ सय २० मत ल्याई कार्य समिति सदस्यमा निर्वाचित भएका छन् ।

SPONSORED

व्यवसायीहरुको छाता संगठनमा युवाहरुको नेतृत्व रहदा आफूपनि सदस्य भएर व्यवसायिक व्यवसायीहरुको हकहितकालागी काम गर्ने तीव्र ईच्छाकासाथ उम्मेद्वार बनेर जितेको पन्तले बताए । उनले आफुलाई जिताउन प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

SPONSORED

वि।स २०५३ मा लक्ष्मीपुरमा जन्मीएका पन्त घोराहीको न्यू रोडमा रहेको न्यू ज्योति बस्त्रालायका सञ्चालक हुन् ।

सरल, शालिन तथा मिजासिला स्वभावका पन्त सबैमाझ लोकप्रीय छन् । सबैले रुचाउने पन्त काममा पनि त्यतिकै सक्रिय र ईमान्दार देखिन्छन् । इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने पन्त निरन्तर रुपमा उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील रहने गर्दछन् ।

रोटरी क्लब अफ दाङको सहसचिव, त्रिभुवननगर जेसिजको सदस्य रहेका पन्तले सबै ब्यवसायिको राय सल्लाह लिएर अघि बढ्ने बताए ।

hospital dang ghorahi