आर्थिक पारदर्शीता र नेतृत्वमा सफल जगत आचार्य कोषाध्यक्षमा पपुलर मतका साथ जित निकाले

घोराही, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको कोषाध्यक्षमा कार्य समिति सदस्य जगत आचार्य निर्वाचित भएका छन् । आचार्यले १ हजार २ सय ३ मतका साथ जित निकाल्न सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर बुढा मगरले ९ सय ६८ मत प्राप्त गरे । आफुलाई विजयि बनाउन सहयोग गर्ने सबै ब्यवसायि, पत्रकार, नागरीक समाज लगायत शुभेच्छुक सबैमा धन्यवाद दिएका छन् ।
लामो समयदेखी व्यवसायिक क्षेत्रमा क्रियाशील रहेका आचार्य निर्वाचनमा कोषाध्यक्ष पदकालागी उम्मेद्वार बनेका थिए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ यूनिटको संस्थापक कोषाध्यक्ष भएर कार्यानुभव लिएका आचार्य राप्ती अञ्चल लिकर्स एसोसियसनको सदस्य हुँदै अध्यक्ष भएर काम गरिसकेका छन् ।

SPONSORED

सदस्य हुदै लिकर्स एशोसियसनको अध्यक्ष भएर काम गरेको अनुभव र आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका आचार्य २०७७ मा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा चयन भएका थिए ।

SPONSORED

सदस्य हुँदा व्यवसायक हकहित र स।स्थागत विकासकालागी लागीपरेका आचार्य आर्थिक व्यवस्थापन र आर्थिक रुपमा संस्थाको विकास गर्ने उद्धेश्यकासाथ कोषाध्यक्षको उमेद्वार बनेको बताए ।

SPONSORED

कुञ्जल फर्माका सञ्चालक एवं सेञ्चुरी सप्लायर्स सञ्चालन गरेर व्यवसायीमाझ लोकप्रीय आचार्य शिक्षा शास्त्रमा स्नातकोत्तर तह उतिर्ण र हेल्थ अस्टिेन्ट अध्ययन गरेका आचार्यले आफ्नो जित सम्पुर्ण ब्यवसायिहरुको जित भएको बताए ।

hospital dang ghorahi