खेल चरणमा न्यु स्टारका असीम गुरुङले एक गोल, विशाल केसीले एक गोल र मनीष पाण्डेले एक गोल गरी जम्मा तीन गोल गरे भने राप्ती क्लब भरतपुरका ज्ञानु विक्रम थापा र रामचन्द्र खड्काले एक गोल गरी जम्मा दुई गोल गरे ।
त्यसैक्रममा दोश्रो चरणको खेलमा एसएसएफएच तुल्सीपुर र सन स्टार रोल्पा बीच भएको खेल ड्र भएको छ । खेलको शुरुवातसंगै अन्तिमसम्म पनि दुवै पक्षले कुनै गोल नभएको र बराबरीमा सकिएको नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनले बताउनुभयो । प्रतियोगिताको तेश्रो दिन शनिबार तीनवटा खेल हुने छन् ।
SPONSORED
शनिबार बिहान ८ बजे देखि नवलपुर युवा क्लब र किसान जागृत ढिकपुर भिड्दै छन् भने दोश्रो खेल दिउँसो १ बजे घोराहीको यूएनविसी र सन स्टार रोल्पा भिड्ने छन् । साथै तेश्रो खेल एसएसएफएच र सक्सेस तुल्सीपुर भिड्ने नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।
SPONSORED
SPONSORED