खेलाडिहरुल पनि गरे आइटिएफको डेमो प्रर्दशन
घोराही, भदौ ३ । आइटिएफ तेक्वान्दो संघ दाङले आइतवार घोराहीमा एक कार्यक्रमकाविच राष्ट्रिय तथा अन्तरािष्ट्रय खेलाडिहरुलाई सम्मान गर्नुका साथै आइटिएफ डेमो प्रर्दशन गरेको छ ।
आइटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रेम बुढाको अध्यक्षता एंव घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यता तथा संघका केन्द्रिय महासचिव अञ्जु रावत र दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
SPONSORED
कार्यक्रममा वोल्दै प्रमुख अतिथि पाण्डेले खेल क्षेत्रमा राज्यले लगानि बढाउदै लगेको भन्दै स्वास्थ्यका लागि खेल भन्ने नारालाई घोराही उपमहानगरपालिकाले ब्यावहारीकरुपमा खेलाडिहरुले महसुस गर्ने गरी लागु गर्नेसमेत बताए । विगतमा भन्दा जनप्रतिनिधि आइसकेपछि खेल क्षेत्रलाई मायाँ गर्नेक्रम बढेको चर्चा गर्दै योग्य खेलाडिहरु उत्पादन गर्न उपमहानगरपालिकाले विभिन्न खाले प्रशिक्षण चलाउने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा साउन एसियन गोल्ड मेडल प्राप्त लिला बस्नेत, राष्ट्रिय खेलाडिहरु सञ्जीता पुन, सरीता नेपालि, रमेश खड्का, कास्यपदक प्राप्त विजय थापा, वक्सिङ कास्य पदक विमला थापालाई सम्मान गरीने छ । त्यस्तै प्रशिक्षकतर्फ आइटिएफका अन्तराष्ट्रिय रेफ्री विक्रम वाठा, जिल्ला प्रशिक्षक भुवन बुढा मगरलाई पनि सम्मान गरीएको थियो । सो अवसरमा खेलाडिहरुले आइटिएफको सेल्फ डिफेन्स पनि देखाईएको थियो । कार्यक्रममा जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराइ लगायतकाले वोलेका थिए । कार्यक्रमको सञ्चालन सल्लाकार केशव गिरीले गरेका थिए ।
SPONSORED
SPONSORED