उच्च पदस्थ कर्मचारी र अग्रज फूटवरलको साथले खेलाडीमा उत्साह
लक्ष्मण बस्नेत,तुलसीपुर
२९ जेठ/तुलसीपुरमा जारी मेयरकप प्रतियोगितामा मंगलवार विहान वडा नं. १० र वडा नं. ६ को विचमा प्रतिपर्धा भयो । वडा नं. १० को तर्फवाट खेल सुरु भएको डेढ मिनेट भित्रै गौरीगाउँका युवा रोशन खड्काले गोल गरे । तर मध्यान्तर पछि भने वडा नं. ६ ले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
जीत हार खेलको सामान्य निमय नै हो । तर मंगलवारको खेलले भने धेरै युवा र खेल प्रेमीहरुका लागि उत्साह पूर्ण थियो । कारण मंगलावार विहानको खेलमा उच्च पदस्थ सरकारी कर्मचारी र अग्रज खेलाडीहरु पनि प्रतिपर्धी थिए । २१ बर्षपछि नेपाल प्रहरीका डिएसपी रामप्रकाश शाहले अरनिको मैदानमा फूटवल खेलेको बताए । ४५ बर्षीय शाह कुनै जमानाका नामुद खेलाडी हुन ।
SPONSORED
उनी जागिर खानुभन्दा पहिले बिक्रम सम्वत २०५४ सालमा संकाटा क्लववाट राष्ट्रिय एडिभिजन लिग फूटवल खेलेका थिए, २०५२ र ०५३ सालमा उनी दाङवाट कोकोकोला राष्ट्रिय लिग फूटवल खेलका एकजना एकजना अनुभवी खेलाडी हुन । तर उनले जागिरे जीवन पछि भने फूटवल खेल्न नपाएको बताए । उनमा फूटवल प्रतिको क्रेज अझैं उस्तै छ ।
SPONSORED
त्यही भएरै उनी मेयरकप फूटवल प्रतियोगिता खेल्नकै लागि विदा मिलाएर बुटवल वाट तुलसीपुर आएका थिए ।आफ्नो छोरा समान उमेरका युवाहरु संगसंगै जोसका साथ १६ नं. जर्सी लगाएर उनी मैदानमा प्रतिपर्धा गरिरहेको देख्दा दर्शक समेत रोमाञ्चित थिए । वडा नं. १० राईखलियान निवासी डिएसपी शाह हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बुटवलमा कार्यरत छन् । शाह मेसीका समर्थक हुन । ‘ मेसी पनि लेफ्ट फुटेड र म पनि लेफ्ट फूटेड।’ शाहले भने । तर उनले सारा नेपाली ब्राजिल र अर्जेनटिनाको पक्षमा रहेको बताए ।
SPONSORED
बरिष्ठ उपाध्यक्ष राणाले पनि फूटवल खेले
मंगलवार शाहको टिममा दाङ जिल्ला फूटवल संगका वरिष्ठ उपाध्यक्ष भानुविक्रम राणाले प्रतिपर्धा गरे । ३८ बर्षीय राणाले पनि मध्यपश्चिमको टिमवाट २०५४ सालमा राष्ट्रिय गेम खेलका कुनैदिनका निकै राम्रा खेलाडि हुन ।
अग्रज खेलाडी तथा डिएसपीहरु समेत तुलसीपुरमा जारी मेयरकप फूटवल प्रतियोगितामा प्रतिपर्धी बन्नुले नयाँ पुस्ता र खेल प्रेमीहरुमा थप उत्साह थपिएको छ ।
मंगलवार विहान भएको पहिलो खेलमा वडा नं. ९ का विरुद्ध वडा नं. १५ ले जित निकालेको छ । पेनाल्टि सुट आउटका आधारमा वडा नं. १५ ले खेल जितेको हो ।
तुलसीपुरमा जारी मेयरकप प्रतियोगिता नकआवट सिस्टममा खेलाइएको छ भने घोराहीमा जारी मेयरकेप फूटवल प्रतियोगिता भने लिग सिस्टममा खेलाइएको छ ।
तुलसीपुरको मेयर कपमा प्रथम हुने टिमलाई ५० हजार र घोराहीमा प्रथम हुने टिमलाई एकलाख पुरस्कार रासी प्रदान गरिने भएको छ । तुलसीपुर र घोराहीमा समान १९ ÷ १९ वडा रहेका छन् । जिल्लाका दुईवटा ठूला सहरमा एकैसाथ मेयर कप फूटवल प्रतियोगिता जारी रहँदा जिल्लामा यतिबेला खेलमय वातावरण बनेको छ ।