दाङ । खेल शारीक रुपमा स्वस्थयका रहन मात्रै नभएर राष्ट्रिका लागि खेलीनुपर्ने सोमवार आयोजीत कार्यक्रममा बोल्नेवक्ताहरुले बताएका छन् ।
SPONSORED
तङ.ईल.मादो एशोसियसन दाङको आयोजनामा एकदिने प्रशिक्षण तथा बेल्ट प्रमोशन कार्यक्रममा बोल्दै सहभागीहरुले सो बताएका हुन् । खेलमार्फत एउटा सबल र सक्षम नागरीक बनाउदै भोली देशलाई अन्तराष्ट्रिय जगतमै चिनाउँन सकिने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला खेलकुद बिकास समितीका सदस्य तिकल रावतले खेलक्षेत्रमा चुनौति भएता पनि सम्भवानाहरु उतिकै रहेको बताउँनुभयो । ‘कुनै पनि क्षेत्र सजिलो हुदैन । खेल पनि त्यस्तै क्षेत्र हो’–उहाँले भन्नुभयो–‘तर लक्ष्य लिएर आगाडी बढ्ने हो भने भोलीका दिनमा थुप्रै सम्भवनाहरु पनि छन् ।’ उहाँले भोलीका दिनमा खेलकुद क्षेत्रबाटै आफ्नो नाम मात्रै नभएर राष्ट्रिलाई नै गर्वभावगीत बनाउँन सकिने बताउँनुभयो ।
SPONSORED
तङ।ईल।मा।दा मार्सल आर्टका राष्ट्रि प्रशिक्षक टेकबहादुर सिहंले तङ।ईल।मा।दा मार्सल आर्ट खेलको ईतिहास,उद्देश्य र महत्वकाबारे जानकारी दिनुभयो ।
एशोसीएसन दाङका प्रतिनिधि हेमराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा शालीकराम चौधरीले स्वागत मन्तव्य व्यत्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला फुटबल संघका महा–सचिव नरेन्द्र पुन लगायतले बोल्ुनभएको थियो भने कार्यक्रममको सहजकिरण सर्मिला चौधरीले गर्नुभएको थियो ।
SPONSORED
यसैगरी सोमवार बसेको भेलाले हेमराज अधिकारीको अध्यक्षतमा तङ।ईल।मा।दा मार्सल आर्ट संघ दाङ गठन गरेको छ ।
जसको उपाध्यक्ष बाबुराम पाण्डे, सचिवमा विवेक नेपाली, कोषाध्यक्षमा बालकुमारी चौधरी र सदस्य वर्षा केसी रहुनभएको छ । त्यस्तै सल्लाहकारमा नरेन्द्र पुन,यज्ञ वली, शालिकराम चौधरी, प्रेमबहादुर चौधरी र प्रेस सल्लाहाकारमा आभास बुढाथोकी रहनुभएको छ ।