घोराही, फागुन १० । बिमर्श प्रधान क्रिकेट संघ सल्यानको आयोजनामा भएको ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधि सल्यान क्रिकेट क्लवले हात पारेको छ ।
सल्यान क्रिकेट क्लवका क्याप्टेन आशीष सिंहले ५८ बलमा २ छक्का,४ चौका गरि ५९ रनको अर्धसतकीय पारिका कारण उपाधि हात पार्न सफल भएको हो ।
२० ओभरमा सल्यान क्रिकेट क्लवले जाजरकोट क्रिकेट क्लबलाई ८ विकेट गुमाएर जम्मा १५७ रन बनाउन सफल भएको हो ।
ब्याट्स म्यान खेमराज वलीले १६ बलमा ५ चौका र समान २ छक्काको मद्दतले ३६ रन बनाए भने भरपर्दा अर्का ब्याट्स म्यान नीतेश श्रेष्ठले २० बल खेल्दै १ चौकाको मद्दतले १५ बनाउन सफल भएका थियो ।
वलीङ तर्फ जाजरकोट युथ क्रीकेट क्लबका क्याप्टेन जीवन शाहीले कसीलो बलीगं गर्दै ४ ओभरमा २० रन खर्चदै ३ विकेट लीए भने अर्का बलर सन्दीप शाहीलाई समान ३ वीकेट लीन ४ ओभरमा ३७ रन खर्चेका थिए ।
१५८ रनको लक्ष्य पाएर मैदान उत्रेको जाजरकोट युथ क्रिकेट क्लबका खेलाडीले सन्दीप शाहीको अलराउन्डर प्रदर्शन बाहेक खासै प्रदर्शन गर्न सकेन ।
१९।३ ओभरमा अलआउट हुदै जम्मा १०४ रन बनाउन सफल रह्यो, जसमा सन्दीपले ३ चौका र १ छक्काको मद्दतले ३३ बलमा ३२ रन जोडे भने अर्का खेलाडी मवीनजंग शाहले २० रन जोड्न १५ बलमा ३ चौका प्रहार गरे ।
शुरु देखीनै सल्यान क्रिकेट क्लवका बलरहरुले राखेको दबाब अन्तीम सम्म कÞायम राख्न १४ बर्षीय खेलाडी सुरज बिसीले ४ ओभरमा १६ रन खर्चदै ३ विकेट हात पारे भने ओपनर बलर चन्द्र बिसीले ३ ओभरमा १० रन खर्चेर २ वीकेट हात पार्दै र अन्तत खेल सल्यान क्रिकेट क्लबले ५३ रनको फराकीलो जीत हात पारेको हो ।
फÞाइनल खेलमा अर्धसतकीय पारी खेलेका सल्यान क्रिकेट क्लबका क्याप्टेन आशीष सिहलाई म्यान अफ दी म्याच घोषणा गरिएको छ ।
अलराउन्डर प्रदर्शन गरेका जाजरकोट युथ क्रिकेट क्लबका सन्दीप शाही प्रतीयोगीता भरीको उत्कृष्ट खेलाडी घोषणा गरिएको छ ।
उक्त प्रतियोगीतमा सल्यान क्रिकेट क्लब, रुकुम क्रिकेट क्लब र जाजरकोट क्रिकेट क्लब सहमागि भएका आयोजक सल्यान क्रिकेट क्लबका अध्यक्ष सवीन हमालले जानकारी दिए ।
SPONSORED