सुयोग मिडिया प्रालिद्वावार सञ्चालित जनता टाइम्स डटकमको प्रबन्ध निर्देशकमा शुष्मा राई चयन हुनुभएको छ । आज बसेको प्रालिको सञ्चालक समिति बैठकले राईलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर स्शहीद रामप्रसाद राईको स्मृतिमा खोलिएको रामप्रसाद राई फाउण्डेशनकी संरक्षक तथा अध्यक्ष रहनुभएकी राई स्वदेश तथा बिदेशमा रहेका नेपालीबीच समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । तेह्रथुममा जन्मनु भएकी राई पञ्चायतबिरोधी बिद्यार्थी आन्दोलनमा निकै सक्रिय नेतृ हुनुहुन्थ्यो । राजनीतिसँगै ब्यवसायमा समेत सफल राईले स्वदेश तथा बिदेशका बिभिन्न सञ्चार गृहको अवलोकन गर्नुभएको छ ।
SPONSORED
उहाँको नेतृत्वमा जनता टाइम्स डटकमले उल्लेखनीय प्रगति हासिल गर्ने सञ्चालक समितिले जनाएको छ । राई नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिजाती जनजाती महासंघको तर्फबाट प्रदेश सभामा समानुपातिक सांसद सिफारिश हुनुभएको थियो ।
SPONSORED
आजबाटै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नुभएकी राईले कम्पनीलाई अझै बिस्तार गरी सवैको साझा बनाउने गरी अघि बढाउने बताउनु भयो । ‘सवैले पढनै पर्ने अनलाइनको रुपमा अघि बढाउन प्रयाश गर्ने छौं,’ राईले भन्नुभयो ।
SPONSORED