घोराही, २० कार्तिक । दाङमा अबरुद्ध रहेको मोबाइल सेवा आज बेलुकासम्म सुचारु हुने नेपाल दुरसञ्चार कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर क्षेत्रमा सडक विस्तारका कारण अप्टिकलमा समस्या आएको भन्दै तीन दिनदेखि अबरुद्ध रहेको मोबाइल सेवा आजदेखि सञ्चालन हुने कार्यालयले जनाएको छ ।
सबै क्षेत्रको मोबाइल सेवा अवरुद्ध नरहेको भन्दै दुरसञ्चार कार्यालयका प्रमुख बलदेव जोशीले जानकारी दिनुभएको छ । तुलसीपुरको मुख्य सडक विस्तारका क्रममा विद्युत कार्यालय आसपासमा अप्टिकलमा समस्या आएको र मर्मतको काम जारी रहेको प्रमुख जोशीले जानकारी दिनुभएको छ ।
SPONSORED
सडक किनारमा रहेको अप्टिकल काटिएको र सडक विभागको सहयोगमा अप्टिकल सार्ने काम आज सकिएपछि मोबाइल सेवा पनि सञ्चालन हुने कार्यालय प्रमुख जोशीले विश्वास लिनुभएको छ ।।
SPONSORED
SPONSORED