दाङ उवासंघ निर्वाचन ः जस्ले वर्तमान अध्यक्ष टंकलाई साथसाथै लिएर नतिजा निकाल्न सफल भए

दाङ, १७असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको छ । यही असोज १३ गते संघको अधिवेशन सम्पन्न भएसँगै बजारमा चुनावी समीक्षा चलिरहेको छ । व्यवसायीबिच सहमतिको वातावरण बन्न नसकेपछि चुनावी मैदानमा उम्मेदवारहरु होमिनुपर्ने बाध्यता आएको थियो । एकातिर चुनावी तयारी चलिरहे पनि सहमति कायम गर्न सकिन्छ कि भन्ने आशाको प्रयासले निरन्तरता लिई रह्यो । तर, चुनाव नजिकिदै गर्दा समेत सहमतिको स्पष्ट मार्ग प्रशस्त नभएपछि व्यवसायी दुई धारमा विभाजित भएर चुनावी मैदानमा उत्रिएका थिए ।

बसन्त जोशीको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल निर्माण भएको थियो । जसमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानल बनेको थियो । त्यस्तै रामप्रसाद पोख्रेलको नेतृत्वमा साझा समावेशी व्यावसायिक प्यानल निर्माण भएको थियो । नेकपा एमाले, राप्रपा, नेकपा विप्लव र नेकपा मशाल निकटको साझा समावेशी व्यावसायिक प्यानल बनेको थियो ।

SPONSORED

चुनावी परिणाम भने निर्वाचन पहिलेको अनुमानभन्दा फरक भयो । दुई प्यानलमा विभाजित भएर चुनावी मैदानमा उत्रिएका व्यवसायीहरुको प्यानलै विजयी नभएर दुवै प्यानलको उम्मेदवारहरुले विजय प्राप्त गर्ने अनुमानले बाक्लै रुप लिएको थियो । दुवै प्यानलमा दक्ष तथा योग्य उम्मेदवारहरु भएका कारण पनि चुनावी नतिजा कता भारी हुने भनेर अनुमान गर्न त्यति सजिलो भने थिएन ।

SPONSORED

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानलले अनुमानभन्दा फरक जित निकाल्न सफल भयो । एक उद्योग उपाध्यक्ष बाहेक सम्पूर्ण उम्मेदवारले विजय हासिल गरेपछि चुनावी नतिजाको पूर्व अनुमानले फेल खाएको हो । नेपाली काङ्ग्रेसबाट जिल्ला कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रबाट जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष गणेश आचार्र्य पार्टीगत चुनावी कमान्डरका रुपमा उभिएका थिए । उनीहरु सिङ्गो प्यानल विजयी बनाउने ध्याउन्नमा तल्लीन रहिरहे ।

SPONSORED

सबैभन्दा बढी मतदाता नेपाली काङ्ग्रेस सम्बद्ध व्यवसायीहरु नै रहेका कारण प्यानलका उम्मेदवारहरुलाई पनि काङ्ग्रेसकै ठुलो भरोसा थियो । त्यसो त काङ्ग्रेसलाई पनि आफ्नै मतदाता सम्हाल्न सकस परिरहेको थियो । नेतृत्वदेखि उम्मेदवार छनौट गर्दा सबैको चित्त नबुझ्नु स्वभाविकै हो । तर, यही स्वभाविकले चुनावी नतिजालाई अस्वभाविक बनाउने निश्चितप्रायः नै थियो । जितका लागि काङ्ग्रेसले यहीनेर आन्तरिक सहमति कायम गर्न, असमझदारीमा समझदारी कायम गर्न, बाङ्गिएका मन र विचारलाई सोझाउन, टुटेका मन जोड्न भगीरथ प्रयत्न त आवश्यक थियो नै तर यो काम त्यति सजिलो भने थिएन । अझ सबैभन्दा बढी मतदाताको हैसियतले नेतृत्वको उम्मेदवार लिइरहेको पार्टीका कारण पनि प्यानलका अन्य उम्मेदवारलाई पनि चुनावी समुद्र तार्नु पर्ने चुनौति काङ्ग्रेस तथा भातृ संगठन एवम संघलाई थियो नै । यसको लागि झनै मानसिक प्रेसरमा थिए पार्टीबाट चुनावी कमान्डर बनेका सुवेदी । पार्टीभित्रै सुवेदी परिवारको विश्वास दिलाउने चुनौति समेत बोकेर संघको निर्वाचनलाई पार्टीगत रुपमा सम्हाल्न तम्सिएका सुवेदी अन्ततः चुनावी रणनीतिका हिरो बने । एक उद्योग उपाध्यक्षबाहेक सिङ्गो प्यानललाई विजयी बनाउन सफल भएपछि यतिबेला चुनावी अस्त्रका बारेमा विश्लेषण हुन थालेको छ । प्रायः निर्वाचनमा विभक्त भएर छरिने पार्टीका गुट उपगुटको समेत कतै गन्ध नआउने गरी उम्मेदवारलाई सफल बनाउन सुवेदीले चालेको रणनीति सबैका लागि अनुकरणीय रहन्छ ।

‘लक्ष्य राखेको सफलतामा थोरै चुकेका छौँ, एउटा उम्मेदवारलाई सँगै लान सकिएन । यद्यपि यो सफलतालाई नराम्रो भन्न भने मिल्दैन । चुनावमा गठबन्धन गरिएका दलहरुसँगको सुदृढ सम्बन्धले यो सफलता प्राप्त भएको हो । विगतमा गठबन्धनबाट विभिन्न चुनावी अभ्यास गर्दा भएका असफलता र पार्टीमाथि लागेको आक्षेपले फरक रणनीति निर्माण गर्नु र गठबन्धन दलहरुबिच विश्वास सघन बनाउन आवश्यक थियो । यसका लागि शङ्का, आशङ्का र बजारमा फैलने अफवाहमा स्पष्ट हुन र स्पष्ट गराउन सकियो, गठबन्धन दलका साथीहरुले दिएको साथ, गरेको विश्वासले आज ठुलो सफलता पाउन सकिएको छ । यो भविष्यका चुनावका लागि पनि मार्ग प्रशस्त गर्ने आधार तय भएको छ ।’ सुवेदीले बताए । सुवेदि अहिले पार्टिको कोषाध्यक्ष भएकाले जिल्ला सभापति शंकर डाँगिको प्रतिनिधि बनेर सबैलाई मिलाउने काम गरे । सुवेदिले वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिलाई साथ साथै लिएर गो नतिजा हात पार्न सफल भए । तर, एक जना उद्योग उपाध्यक्षले चुनाव हारेपछि काग्रेस भित्र तरङ्ग नै उत्पन्न भएको छ । सबै प्यानल आउने, तर, उपाध्यक्ष भरतप्रशाद रेग्मीले चुनाव हारेपछि अहिले काग्रेस भित्र खैलावैला मच्चीएको छ ।

गठबन्धनका दलहरुले दिएको साथ र विश्वास संघको चुनावमा प्राप्त सफलता ठान्छन् सुवेदी । ‘पार्टीभित्र विभिन्न गुट उपगुट छन् भनेर चल्ने अफवाह यतिबेला चिरिएको छ । यो सफलता पार्टीभित्रको अनुशासन हो । आवश्यक परेको बेला पार्टी एक ढिक्का भएर उभिन्छ र पार्टी एक ढिक्का हुँदाको परिणाम र सकारात्मक पक्ष पनि यतिबेला देखिएको छ । यो चुनावले पार्टीलाई एक ढिक्काको रुपमा स्थापित गरेको छ । अग्रज नेताको विश्वास, अनुभव र निर्देशनमा काम गर्दै जाँदा पनि यो सफलता झिक्न सकिएको हो । म निरन्तर अग्रज, समकक्षी तथा तथा पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका साथीहरुँग सरसल्लाह र परामर्श गर्दै उहाँहरुबाट भरपूर सहयोग लिन सके, उहाँहरुले सघाउनु , चुनावी प्रतिनिधिको रुपमा पार्टीबाट म थिएँ तर पार्टीका नेतागणबिना मैले केही गर्न सक्ने थिएनँ । पार्टी सभापति शङ्करप्रसाद डाँगी लगायत जिल्ला, क्षेत्र, प्रदेश तथा नगर कार्यसमितिका सम्पूर्णको सहयोग सफलताको कडी हो ।’ उनले थपे, ‘पार्टी पङ्क्तिबाट पाएको साथ सहयोग जितको मुख्य आधार हो । उवासंघका तत्कालीन अध्यक्ष टंकसिंह बुढाथोकीलगायत संघका सम्पूर्ण साथीहरुको रोल सफलताको अर्को सोपान हो । त्यस्तै प्रजातान्त्रिक उद्यमी संघको अहोरात्रको खटाई झनै महत्वपूर्ण छ । प्रजातान्त्रिक उद्यमी संघ काङ्ग्रेस निकट व्यवसायीहरुको संस्था हो । व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्था भएका कारण पनि संघको भूमिका अतुलनीय रहने गर्दछ । संघले यो निर्वाचनमा खेलेको भूमिकाका कारण पनि रणनीति तथा चुनावी अस्त्र सफल भएका हुन् । संघका अध्यक्ष कालीबहादुर केसी, महासचिव श्रीधर धिताल लगायत सिङ्गो कार्यसमितिको मेहनतको सफलता हामीले पाएका छौँ ।’

पर्दापछाडि बसेर चुनाव अवधिभर रणनीति बनाउने, नेताहरुसँग बराबर परामर्श गर्ने, मतदातासँग साक्षात्कार गरिहाल्ने, गठबन्धन दलका प्रतिनिधि तथा प्रजातान्त्रिक उद्यमी संघको सहयोगमा हरेक दिन उनले गर्ने मत सर्वेक्षणले पनि जित निकाल्न सहज भएको उनी बताउँछन् ।

hospital dang ghorahi