दाङ, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा ब्यवसायि नरेश कुमार श्रेष्ठ भारी मतसहीत निर्वाचीत भएका छन् । यो समाचार तयार पार्दासम्म वर्तमान सचिवसमेत रहेका श्रेष्ठले एक हजार ३ सय ६१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिपेन्द्र पुनले ८ सय ४२ मत प्राप्त गरे ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितीमा सदस्य पदमा रहेर कोभिडको बेलामा मास्क अभियानमा सकृय, महँगो ब्याज्दर बिरुद्ध हस्ताक्षर अभियान, शुल्क बृद्धीमा सडक आन्दोलनमै होमिनुभएका अभियान्ता श्रेष्ठले सधै व्यवसायिक हितलाई प्राथमिकतामा राखेर काम गर्नुभयो । उहाँले कार्यसमितीमा रहदा खेलेको प्रशंसनिय भुमिकाकै कारण यसपटम पनि नरेश कुमार श्रेष्ठले नै सजिलै जित निकाल्न सफल हुनु भयो ।
नरेशकुमार श्रेष्ठ अनुभव र दक्षताको खानी हुनुहुन्छ । उहाँसँग वडा अध्यक्षदेखी व्यवसायिक नेतृत्वसम्मको सफल अनुभव छ । लामो समयदेखी व्यवसायिक क्षेत्र तथा विभिन्न क्षेत्रमा राम्रो सफलता भेट्दै आउनु भएका श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि संयुक्त व्यवसायीक प्यानलबाट उम्मेद्वारी दर्ता गर्नु भएको थियो।
SPONSORED
वि।सं। २०५४ सालमा तत्कालिन प्युठानको भिङ्ग्री गाविस वडा नंम्वर २ को वडा अध्यक्षको जिम्मेवारी पुरा गर्नु भएको थियो । हरेक हिसावले समाज सेवा र समाजको हितका लागि खर्चन चाहाने श्रेष्ठले त्यत्तिबेला वडा अध्यक्ष हुनुभयो, भने वर्तमान समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघको सचिव भएर व्यवसायीहरुको हितका लागि आफुलाई खर्चनु भएको छ । व्यवसायीहरुको पक्षमा आफुले विभिन्न काम गरेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदमा पनि आफुले चुनाव जितेको बताउनु भयो ।
२०७१ सालमा दाङको घोराहीमा कोशेली बेकरी सञ्चालन गरेर जिल्लामा पाँच वटा शाखा विस्तार गर्दै व्यवसायिक सफलतामात्रै होईन व्यवसायिहरुको हकहितका लागि पनि काम गर्दै आउनु भएको छ । उहाँले तिन वर्ष सम्म उद्योग वाणिज्य संघको सचिवको पदमा रहदा बैंक ब्याज बृद्धिको बिरुद्धमा खरो रुपमा आवाज उठाउनुका साथै हरेक व्यवसायिक समस्यालाई नजिकबाट नियालेर कार्यसम्पादन गर्नुभयो । त्यो मात्रै नभई घोराही क्षेत्रलाई लुम्बिनी प्रदेशकै व्यवसायिक हव बनाउने विषयलाई प्राथमिकता दिएर काम गर्दैआउनु भएको छ ।
SPONSORED
यसका साथै युवा व्यवसायीहरु विस्थापित हुने क्रम बढ्दै गएको अवस्थामा उनिहरुलाई यस क्षेत्रमा व्यवसाय गर्ने वातावरण तयार गर्ने वियष गम्भिर रुपमा लिएर आफ्नो कार्यकालमा काम गर्नुभएको थियो । तिन वर्षसम्म सचिव पदमा रहेर काम गर्दा आफुले व्यवसायिक हितका लागि गर्न चाहेका थुप्रै काम बाकी रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएको उहाँले बताउनु भयो ।
SPONSORED