श्रीमन न्यौपाने
नागरीक समाज दाङका सदस्य हुन् ।
घोराहीको बबैदेखी तुल्सीपुर बजार सम्मको घोराही तुलसीपुर सडक सुधार आयोजना किन अलपत्र पर्यो ? काम पुरा हुन किन सकेन ?
यसको मूख्यकारण दलिय शक्तिको दुरुपयोग भएर दङाली जनतामाथी कुठाराघात भयो।
SPONSORED
धेरैले ज्यान गुमाए। घाईते भए। मैले हाल सम्म जानकारी पाएका र लिएका बिबरणहरु पेस गरेको छु। यस सिलसिलामा परियोजना कार्यलयमा परियोजना कार्यान्वयन दस्ताबेज र प्रधान मन्त्रीकार्यालय शिहदरबारमा सचिब र सहसचिब लगाएत धेरै संग भेट गरेर सोधखोज गरे। किनभने यो सडक मेरो जीबन र दङाली लगाएत सल्यानी , रोल्पाली र रुकुमेली जनताको जीबन संग जोडिएको सवाल हो।
SPONSORED
SPONSORED
भारतका प्रम मोदी पहिलो पटक नेपाल आएर नेपालको संसदलाई सम्बोधन गरदा एक खरब भारतिय रुपैया सफ्टलोन दिने घोषणा गरेका थिए। सोही अनुसार नेपाल सरकारले धेरै आयोजना तर्जुमा गर्यो । नेकपा एमालेका महासचिब शंकर पोख्रेलको पहलमा घोराही तुल्सीपुर फोरलेन। टुलेन सडक सुधार आयोजना पास भयो। डिपिआर बन्यो।
त्यसबेला एमालेका केपी वली प्रम र रघुबिर महासेठ भौतिक निर्माण तथा यातायात मन्त्री थिए। त्यसबेला केपी वलीको सरकारले भारतको सफ्ट लोनमा (1%ब्याज) निर्माण हुने योजनाहरुको निर्माण केबल भारतिय निर्माण कम्पनीहरुबिच मात्र प्रतिसप्रधा हुने सर्त स्विकार्यो। घोराहीको बबै देखी तुल्सीपुर बजारको बिरेन्द्र चौक सम्म कही चार लेन त कही दुईलेन सडक पिच गर्ने टेन्डर सायद २०७५ सालमा खुल्यो। त्यसै बेला उक्त सफ्ट लोनमै भालबाङ देखी बागदुला को सडक सुधार निर्माणको टेण्डर खुल्यो। भारतिय निर्माण कम्पनिहरु बिच मात्र प्रतिसप्रधा भयो। घोराही तुल्सीपुर सडक सुधार निर्माणको ठेक्का रु १अरब २१करोडमा बम्बै स्थित तथ्य ईन्जिनेरेरिङ निर्माण कम्पनिलाई पर्यो। दुइ बर्ष अबधी भए पनि बिभिन्न कारणले ४बर्ष थप भयो। यो केबल नाम मात्रको कम्पनि थियो। यसको सम्पुर्ण जिम्मेवारी तत्कालिन एमालेबाट जितेका तुल्सीपुर उपमहा नगरपालिकाका मेयर घनस्याम पान्ण्डेको हातमा थियो। घनश्याम जीको छोरा अनुप पाण्डे उक्त भारतिय तथ्य ईन्जिनीयरिङ निर्माण कम्पनिको प्रमुख प्रतिनिधिको रुपमा थिए। अर्थात पेटी ठेकदार। माथी यो सबैको चाजो पाजो मिलाउने एमालेका महासचिब तत्कालिन लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलको प्रमुख भुमिका थियो।
देखावटी रुपमा घरश्याम र अनुप पाण्डे भएतापनि यसमा धेरैको संलग्नता थियो तर पछी पाण्डेहरुलाई अनसिन पार्टनरहरुले पैसा लगानी नगरेर धोका दिए।संझौताअनुसार २०% मोबिलाजेसन पेस्की करिब २४ करोड पाउनु पर्नेमा जम्मा १०% ले हुन आउने रकम करिब १२करोड मात्र अनुप पाण्डेले पाए। केही रकम त बाडचुडमै सकियो। पेस्की पाईसकेपछी कम्तिमा २०% काम गर्नु पर्ने थियो । करिब २४ करोडको काम गरेर भुक्तानी दाबी गर्नु पर्ने सर्त थियो। तर अनसिन पार्टनरहरुले लगानी नगर्दा अनुप पाण्डेलाई आर्थिक समस्या पर्यो। निर्माण कार्य अगाडी बढ्न सकेन। लथालिङ्ग भयो। धेरै दबाब पछी तथ्य ईन्जिनियि निर्माण कम्पनीको मालिकले अनुप पाण्डेलाई हटायर अरु धेरैलाई एक पछी अर्को गरी पेटी ठेक्का दियो। तर काम हुन सकेन। सायद अहिले ठेक्का रद्द भयो होला । यो घोराही तुल्सीपुर सडकको दुर्दसा हुनुमा एमालेका महासचिब शंकर पोख्रेल र घनश्याम पाण्डे दुबैजना दोषी छन। मैले बिभिन्न स्रोतबाट यो जानारी जुटाएको हु। एउटा सचेत नागरिक भएका नाताले जानकारी गराएको हु। कसैप्रति मेरो पुर्बाग्रह छैन। सार्बजनिक सरोकारको बिषयमा चासो राख्नु सचेत नागरिकको दाईत्व हो। यदी माथि उल्लेख गरिएका कुराहरु सत्यहोईनन भने बास्तबिक यथार्थ केहो। रदाङबासीहरुलाई सत्य तथ्य सार्बजनिक गरिदिनु पर्यो।