घोराही । गएको प्रतिनिधि सभाको चुनावमा नेकपा एसवाट स्वास्थ्य राज्यमन्त्रि बनेका हिराचन्द्र केसि नेकपा एमालेमा प्रवेश गर्न चाहेको खुलेको छ । उनले एमालेमा प्रवेशको इच्छा देखाएपनि तत्कालिन समयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नचाहेकै कारण उनिहरुको प्रवेश रोकियो । तर, एकाएक अहिले हिरा पार्टिको पदमा रहेपनि संसदीय पदमा नरहेपछि उनिसंगै सिंगो एसको जिल्ला कमिटि नै एमालेमा समाहित हुने कुरा सार्वजनीकरुपमा आइरहेका छन् । एमालेका प्रदेश कमिटि सदस्य गोविन्द आचार्यले नै यो सबैको चाजोपाजो मिलाएका हुन् । ‘गएको चुनावमै हिराजि एमालेमा आउन इच्छा गर्नु भएको थियो, तर, ल्याउने माहोल त्यो वेला वन्न सकेन्, चुनावकै वेला आइदिएको भए अझ राम्रो शन्देश जान्थ्यो–एमाले प्रदेश कमिटि सदस्य आचार्यले थपे ।
त्यो वेला नेतृत्वमा भएका साथिहरुले गम्भिरतापुर्वक नसोचिदिदा पार्टि प्रवेशको कार्यक्रम हुन सकेन् । उनै आचार्य अहिले पनि हिरासंग पहिलो छलफल गरेर पार्टि प्रवेशको कार्यक्रम टुङ्ग्याए । उनले महासचिव पोखरेलका वहीनि जुवाई एमालेका नेता शिवकुमार आचार्यलाई हिरासंगैको छलफलमा सामेल गराए । त्रय नेताहरुका विचमा सामान्य छलफल गरेर एउटा समझदारीका विचमा टोलि घनिभुत छलफलमा जुट्यो । महासचिव पोखरेललाई राजि गराउन गोविन्दले पनि भुमिका खेले । पोखरेललाई राजि बनाएपछि अहिले पार्टि प्रवेशको तयारी ब्यापक पारीएको छ । एस पार्टिमा अव जिम्मेवार पदका नेता मेटमणि चौधरी मात्रै रहेका छन् ।
SPONSORED
हिरासंगै एसका केन्द्रिय सचिव भागवत विश्वासि, नेतृ शारदा स्वर्णकार, एसका जिल्ला अध्यक्ष सुरामणि वेलवासे, सचिव डिल्ली डागिसहीत दर्जनौ नेता, कार्यकर्ता अहिले पार्टि प्रवेशको लाइनमा छन् । हिरा एसवाट दाङ क्षेत्र नम्वर ३ वाट चुनाव लड्न चाहन्थे । त्यो नपाएपछि उनि भित्रभित्रे असन्तुष्ट नै थिए । मेटमणिलाई भने पार्टिका अध्यक्ष माधव नेपालको साथ रह्यो ।जेठ ६ गते एमाले महासचिव शंकर आफै आएर उनिहरुलाई स्वागत गर्ने तयारीमा छन् ।
SPONSORED
SPONSORED