
दाङ । घोराहीको पुरानो र प्रतिष्ठित सामुदायिक बिद्यालय पद्मोदयको नयाँ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छान्ने जिम्मेवारी पार्टीबाट जिल्ला इन्चार्ज नरुलाल चौधरीलाई एमाले दाङले दिएको छ । बिब्यसका लागि भएको निर्बाचनमा एमालेका चार जना सदस्यले चुनाब जितेका थिए ।
केही दिन अघि एमालेका जिल्ला तहका नेताहरुका बिचमा यो बिषयमा निर्णय गर्ने अधिकार इन्चार्ज चौधरीलाई दिने समझदारी बनेको थियो। चौधरी जिल्ला बाहिर भएकाले उहाँ आएपछि बैठक बसेर नयाँ बिब्यस अध्यक्षसहित लागि मनोनित सदस्यहरुको पनि टुङ्गाे लाग्ने एमाले नगर अध्यक्ष भुबन चौधरीले बताए । चौधरीले आफुहरु पद्मोदय बिब्यसको चुनाबमा बिकास चौधरीलाई अध्यक्ष बनाएर जाने जिल्ला नेतृत्वसंग सहमती अनुसार प्रचार गरिएको र चुनाबमा नतिजा आएको पनि बताए ।
SPONSORED

एमाले दाङको स्रोतले पार्टी जिल्ला सचीव मनोहर बुढाथोकीले पनि बिब्यस अध्यक्षका लागि आफु निकट नेताहरु बीचमा कुराकानी गरेको जनाएको छ । बुढाथोकी पद्मोदयको चन्दादाता पनि हुन । यसबारेमा बुढाथोकिले आफ्नो इच्छा नरहेको बताए ।
SPONSORED

SPONSORED
