उप चुनाबको चर्चा सुरु भए संगै विशाल अधिकारी भन्छन- दाङ २ को उम्मेद्वार म नै हो !

दाङ । केही दिन अघि एउटा चर्चा चल्यो । एमाले महासचिब शंकर पोखरेललाई उप चुनाब लडाएर जिताउने गरि हाल दाङ क्षेत्र नम्बर २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य रेखा शर्मालाई राजिनामा गराई उप रास्ट्रपति बनाउने कुराले सनसनि नै मच्चियो दाङ तिर । त्यो बिकल्प अझै नै बाकी रहेको नेताहरु बताउछ । रास्ट्रपति र उप रास्ट्रपतिको चुनाब हुँदा सम्म त्यो समयले नै निर्धारण गर्ने पनि नेताहरु स्विकार्छन ।

अर्को कुरा एमाले अध्यक्ष केपि ओलि र प्रधानमन्त्री तथा माओबादि अध्यक्ष प्रचण्डले साच्चै नै शंकरलाई ल्याउने गरि नै तयारी गरेको अबस्थामा जे पनि हुन सक्ने माओबादी र एमाले निकट केन्द्रिय नेताहरु बताउछन । तर, दुबै नेताहरु रेखा र शंकरले यो कुरा हल्ला मात्रै भएको बताउछन ।

SPONSORED

तर, रास्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विशाल अधिकारीले उप निर्बाचन भए आफै चुनाब लड्ने बताए । पोखरेल माओबादी र एमालेको बलमा लड्न आउने भएपनि आफु पनि तयार रहेको बताए । पार्टीको उम्मेद्वार नै आधिकारिकरुपमा आफु नै हुने पनि उनले दाबी गरे ।

SPONSORED

SPONSORED

hospital dang ghorahi