दाङ । नेपाल पत्रकार महासंघ दाङका पुर्ब अध्यक्ष सबिन प्रियासनले हिजो बङ्गलाचुली गाउँपालिकाद्वारा सन्चालित रेडियो बङ्गलाचुलिको अनुगमनलाई गलत तरिकाले प्रचार गर्न खोजीएको भन्दै पत्रकार महासंघ दाङले हचुवाको भरमा बिज्ञप्ति निकालेको आरोप लगाएका छन ।
आफ्ना कुराहरु ढाकछोप गर्न गलत आरोप लगाईएको दाबी गर्दै गाउँपालिकाको बजेटमा सन्चालनमा ल्याईएको रेडियो साझा सम्पत्ति भएकाले नागरिक र पार्टी लगायत जुनसुकै तहबाट अनुगमन गर्न पाईने र नियमितरुपमा हाजिर नै नगरेर तलब खाइरहेको जन गुनासोको आधारमा गरिएको अनुगमनलाई आफ्नो ढाकछोप गरेर बाहिर ल्याएको दाबी गरे ।
SPONSORED
उनले रेडियोमा काम गरिरहेका श्रमजिबि पत्रकारलाई गलत ढङ्गबाट आस्थाकै आधारमा निकाल्ने काम भएको भन्दै बिना सर्त रेडियोमा काम गरिरहेका सुशील परियारलाई काम गर्ने बाताबरण मिलाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।
SPONSORED
प्रियासनले पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसिले आफुलाई सोधेको भए यथार्थ जानकारी दिने भन्दै महासंघको टाेलिले स्थलगत अध्ययन गर्ने बताए । घटना बारे यथार्थ बुझ्न उनले महासंघलाई आग्रह गरे ।
SPONSORED