घोराही, मंसिर १३ । घोराही उपमहानगरपालिकाका कार्यबाहक मेयर राममणि पाण्डेले घोराही १ को वडा कार्यालयमा पुगेर कर्मचारीमाथी अश्लील शब्द प्रयोग गर्दै दुर्ब्यबहार गर्ने समुहको खोजी गरि पक्राउ गरेर कारबाहि गर्न माग गरेका छन । घोराही १ का वडा अध्यक्ष समेत रहेका पाण्डेले उपमहानगरकै परिपत्र अनुसार वडा सचिब र आफु घोराहीको कार्यक्रम सकेर वडा कार्यालय पुग्दा स्थानियको नाममा केही अराजक, उच्छृङ्खल समुहले योजनाबद्ध सहित राजानितिक षड्यन्त्र गर्दै वडा सचिबलाई घोक्रयाउनेदेखि धम्कि दिने काम गरेको र वडाको कार्यालयको खोल्न नदिएको आरोप लगाए ।
कार्यालय खोल्न नदिएर कर्मचारीलाई बाहिर राखेर दुर्ब्यबहार गरेपछि आफुसंग पनि कसैको राजनितिक उक्साहटरुपमा आएका गैर राजानितिक चरीत्र बोकेका समूह बिच भनाभन भएको पनि उनले बताए । आफु मर्यादित र शिष्टतापुर्बक कुरा राखिरहेको बेला अराजक समूह ब्यक्तिगत गालीगलौजमा उत्रिदै आवेश, उत्तेजनामा आउने बाताबरण बनाएपछि भनाभन भएको भन्दै उनले काम गराईमा चित्त नबुझे शिष्टरुपमा गुनासो गर्ने अधिकार रहदा रहदै पनि योजनाबद्ध तरिकाले बदनाम गर्न खोज्ने विरुद्ध आफु डटेर सामना गर्ने चेतावानि दिए ।
SPONSORED
साथै वडामा लगाएको ताला बारे स्थानीय रामपुरको प्रहरीलाई जानकारी गराएपनि आलटाल गरेको उनको आरोप छ । स्थानीय गोबिन्द घर्तिको नेतृत्वमा शरद डागिसहितका केही युबाहरुले वडा अध्यक्षमा कार्यालयमा ढिलो आएको बारेमा जानकारी लिन खोज्दा अभद्र ब्यबहार भएको गुनासो गरेका छन । यता, जिल्ला प्रहरी कार्यालय दाङका एसपि बिरबहादुर वलिले वडा कार्यालयमा भएको दुर्ब्यबहारको घटना बारे दुबै पक्षसंग सोधपुछ गरिने भन्दै घटनामा दोषि देखीए आरोपिलाई पक्राउ गरेर कानुनी कारबाहि हुने चेतावानी दिए ।
SPONSORED
SPONSORED