
दाङ । नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका बलिभद्र रानाले घोराही-तुलसिपुर फोरलेन सडक समयमै सम्पन्न गर्ने कुरा साझा बिषय भएकाले सबै मिलेर सामुहिक दबाब दिनु पर्ने बताए । बिकास निर्माणमा राजनीति भन्दा माथी उठेर काम गर्नु पर्ने बताए ।
नब निर्बाचित दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य, क र ख का प्रदेश सभा सदस्यको महत्त्वपूर्ण भुमिका हुने भन्दै काम नभएको अबस्थामा १५ दिन भित्र ठेक्का तोड्ने कुरा जायज भएको टिप्पणि गरे ।
SPONSORED

सस्तो लोकप्रियता कमाउनका लागि भन्दा पनि इमान्दारितापुर्बक जनताले दिएको म्यान्डेट अनुसार काम गर्न आग्रह गर्दै जनताले आफुलाई खबरदारी गर्ने जिम्मेवारी दिएकाले राम्रा कानुन सम्मत काममा सहयोग गर्ने र गलत कुरामा आफ्नो सदैब खबरदारी रहने बिश्वास दिलाए ।
SPONSORED

बोलेको कुरा पुरा गर्ने गरि अघि बढ्न भन्दै राजधानी कार्यान्वयन, राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानको जग्गा ब्यबस्थापन, चिकित्सा शिक्षाको पढाई, औद्याेगिक क्षेत्र घोषणा कार्यान्वयनलाई बजेट बिनियोजनसहित प्राथमिकता दिएर नतिजामुखी काम गर्न रानाले सुझाब दिए ।
SPONSORED
