
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका एमाले नेता बलिभद्र रानाले आफुलाइ भोट दिने मतदातालाई धन्यवाद दिन चुनाबी क्षेत्रका वडा तहमा पुग्ने बताएका छन ।
आफ्नो चुनाबी क्षेत्रलाई थप बलियो बनाउन र आफुलाई माया गरेर भोट दिने जनतालाई धन्यवाद दिन गाउँ-गाउँ छिर्ने उनले बताए । पर्सिदेखि यो अभियान सुरु हुने बताए । आफुलाइ दिएको जनमत सदुपयोग गर्दै जनताको पक्षमा पदमा भए पनि नभएपनि जिम्मेवारीपुर्बक काम गर्ने बताए ।
SPONSORED

उनले जनताको पहुँचमा आफु सदैब रहने बताए । उनले राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानलाई जग्गा दिलाउन आफु लागीपर्ने र केही समयपछि आफनै पहलमा नतिजा देखिने गरि काम हुने बताए । घर नजिकको अस्पतालाई गठबन्धन सरकारले अहिलेसम्म बजेट नदिएको उनको आरोप छ ।
SPONSORED

SPONSORED
