दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेका बलिभद्र रानाले प्रदेश सभा सदस्यमा बिजयी भएका राजु खनाललाई लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयमा लाग्न सुझाब दिएका छन ।
उनले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पहलमा दाङको भालुबाङ आएको राजधानी तत्काल कार्यान्वयनमा जोड दिन र राजधानी कार्यान्वयनमा कुनै पनि ढिला सुस्ती नगर्न खनाललाई सुझाए । गठबन्धन सरकार राजधानी कार्यान्वयनमा इमान्दारिता नदेखाएको स्मरण गर्दै राजधानी कार्यान्वयनम गठबन्धन सरकारलाई इमान्दार बन्न आग्रह गरे । साथै रानाले घोराही-तुलसीपुर फोरलेन सडक बनाउन तर्फ ध्यान दिन सुझाब दिए ।
SPONSORED
SPONSORED