प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानाले मतदातालाई दिए धन्यबाद

हार्दिक बधाइ तथा आभार !
————————
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, दाङ क्षेत्र नं. २ (१)को निर्वाचन परिणाम पनि सार्वजनिक भइरहेकै छ ।
यस निर्वाचनमा नेकपा (एमाले) तर्फबाट सर्ब सम्मत रूपमा मलाई लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएर उठाउने सम्पुर्ण पार्टी नेता कार्यकर्ता प्रर्ती र आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूप्रति आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।
जनतासितको सम्वन्ध, सम्पर्कलाई थप बिस्वस्नियता बनाउने, यस क्षेत्रका जनताले चाहेको दाङबाट यथासिघ्र लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन गर्ने, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान,धर्नामा ब्यापारिक औद्योगिक क्षेत्र घोषणा कार्यान्वयन,दाङमा सरकारी इन्जिनियरिङ क्याम्पसको बजेट ब्यबस्थापन र सन्चालन लगायत समग्र दाङको विकास निर्माण तथा आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील भई लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !
यसरी मलाई सल्लाह ,सुझाव , सहयोग, माया र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च सम्मान रहिरहनेछ ! म आफ्नो बाँकी जीवन बिकास निमार्ण ,समाज सेवा तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले)प्रति समर्पित रहिरहनेछु !
मेरा सम्पुर्ण सबैप्रति पुनः हार्दिक आभारसहित धन्यवाद ।

बलिभद्र राना
लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार
दाङ क्षेत्र नं. २ (१)
७ मंसीर २०७९

SPONSORED

SPONSORED

hospital dang ghorahi